बौद्ध प्रहरीद्वारा नक्कली सुन देखाएर लुटपाट गर्ने पक्राउ !

दियो पोस्ट  

काठमाडौं, १८ कार्तिक । महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले नक्कली सुन देखाएर धम्काउँदै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला खाँडादेवि गाउँपालिका–९ घर भएका विशाल लामा रहेका छन् ।


बृत्त प्रमुख डिएसपी रमेश बहादुर सिंहका अनुसार लामाले नक्कली सुन देखाएर लुटपाट गर्दै आएका थिए । उनलाई प्रहरी टोलीले बौद्द नयाँ बस्तिबाट पक्राउ गरेको हो ।

सिफारिस