रौतहटमा प्रहरी चौकीमा बम विष्फोट !

दियो पोस्ट  

काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि रौतहटमा बम विष्फोटन भएको छ । रौतहटको इशनाथ नगरपालिका–४ को मठिया प्रहरी चौकीमा अज्ञात समूहले सुतली बम बिस्फोट गराएको पाइएको हो । बम विष्फोटन कांग्रेस नेता आलमकै कार्यकर्ताबाट भएको आशंका गरिएको छ ।

मंगलबार दिउँसो करिब सवा दुई बजे अज्ञात समूहले चौकीमा बम प्रहार गरेको हो ।

बम बिस्फोटबाट एक प्रहरी घाइते भएका छन् भने चौकीमा सामान्य क्षति भएको छ ।

बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुबारे अनुसन्धान भइरहेको छ ।