मन्त्री पद जोगाउन पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले ‘रअ’सँग भेटेको’ खुलाशा

मन्त्री पद जोगाउन पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले ‘रअ’सँग भेटेको’ खुलाशा

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्री मण्डल फेरबदल गर्ने तयारी गरिरहेका छन् । तर, ओली सरकारमा रहेका एक मन्त्री भने आफ्नो मन्त्री पद जोगाउन विभिन्न विचौलियाको प्रयोग गर्दै भारतीय खुफिया एजेन्सी रअका प्रतिनिधि भेट्दै हिँडेका छन् ।


उनले मन्त्री पद जोगाउन रअका प्रतिनिधि भेटेको रिपोर्ट प्रधानमन्त्री कार्यालय सम्म पुगेको उच्च स्रोतको दाबी छ । यसरी रअका प्रतिनिधि सुटुक्क भेट्ने व्यक्ति हुन्–पर्यटन राज्यमन्त्री धनबहादुर बुढा ।


दुई तिहाइको कम्युनिष्ट सरकारका बहालवाला राज्य मन्त्रीले रअका प्रतिनिधिलाई राजधानीमै तीन तहको विचौलिया पार गर्दै भेटेको चर्चा नेकपाको उच्च तहका नेतृत्व सम्म हुन थालेको छ ।

Trending News