प्रभु बैंकका कर्मचारीमाथि सिइओ शेरचनको ज्यादती, यूनियनकै अध्यक्ष र कोषाध्यक्ष निलम्वित !

प्रभु बैंकका कर्मचारीमाथि सिइओ शेरचनको ज्यादती, यूनियनकै अध्यक्ष र कोषाध्यक्ष निलम्वित !

काठमाडौं । एक मिडिया मालिकसँगको मिलेमतोमा नक्कली भौचरमार्फत हत्याइएको जग्गा राखेर करोडौं रकम ऋण दिएको प्रकरणमा राष्ट्र बैंकले छानविन गरिरहेको प्रभु बैंक अर्को लफडामा फसेको छ ।

पोखरामा प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा शिवप्रसाद वास्तोलाको जग्गा हत्याएर करोडौं ऋण प्रवाह गरेको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले अनुसन्धानन गरिरहेको छ । खातामा रकम नै दाखिला नगरी किर्ते भौचर देखाएर हत्याइएको उक्त जग्गा धितो राखी प्रभु बैंकले १० करोड २० लाख ऋण दिएको मुद्दा अहिले कास्की जिल्ला अदालतमा विचाराधिन छ ।


बैंक व्यवस्थापन स्रोतका अनुसार यसरी अनियमित रुपमा ऋण प्रवाह गर्दा प्रभु बैंक पछिल्लो समय समस्याग्रस्त बन्दै गएको छ । त्यस्तै नातागोता र कमिसनको चक्करमा परेर कर्जा लगानी गर्दा बैंक जोखिममा परेको छ । बैंकभित्र यतिसम्मको गुटवन्दी बढेको छ कि प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले आपूm निकटका व्यक्तिहरुलाई मात्र आकर्षक ठाउँमा राख्ने गरेका छन् ।

केही समय अगाडि बैंकका गैरकानुनी काम र सिइओ शेरचनको मनपरीको विषयमा हक हितका लागि आवाज उठाउने बैंकहरुको ट्रेड यूनियनको अध्यक्ष समेत रहेका प्रभु बैंक ट्रेड यूनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र कोषाध्यक्ष प्रतिक्षा कोइरालालाई सिइओ शेरचनले निलम्बन गरेका छन् ।


सरुवा र बढुवामा पनि मनपरी गर्न थालेपछि अधिकारी र कोइरालाले त्यसकोविरुद्ध आवाज उठाएका थिए । तर, शेरचनले उनीहरुलाई जागिरबाट हटाइदिने भन्दै धम्क्याएर निलम्बन गरेको बैंक स्रोतले बतायो ।

यस बारेमा सिइओ शेरचनसँग कुरा गर्दा उनले कर्मचारीहरु नै बैंकविरुद्ध लागेकाले अधिकारी र कोइरालालाई निलम्बन गरिएको स्वीकारे । उनीहरुसँग वार्ता भइरहेको पनि शेरचनले यूनाइटेड पोष्टसँग बताए ।

त्यसो त शेरचनमाथि महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । शेरचनले ११ जनाको यूनियनको कमिटिमा बहुमतमा आफू निकटकालाई राखेर यूनियनभित्र पनि खेल्दै आएको पीडित एक कर्मचारीले बताएका छन् ।


राष्ट्र बैंकका केही कर्मचारीहरुलाई हातमा लिएर सिइओ शेरचनले आप्mनो बैंकका कर्मचारीहरुमाथि ज्यादती गरिरहेको एक कर्मचारीले बताए । तत्कालिन किष्ट बैंकका कर्मचारीहरुलाई उनले लामो समयदेखि राजधानी बाहिर पठाउने गर्दै आएका छन् । त्यस बारेमा पनि बैंकभित्र विरोध हुँदै आएको छ । सिइओ शेरचनको गुटवन्दीका कारण बैंकका अधिकांश कर्मचारीहरु उनीसँग रुष्ट रहेका छन् ।


त्यसो त जानकी मेडिकल कलेजको नाममा करोडौं ऋण प्रवाह गरेको प्रभु बैंकले प्रत्येक वर्ष भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा त कहिले व्यक्तिको नाममा ल्याई सञ्चालन गरेर चरम अनियमितता गर्दै आएको छ । जसलाई प्रभु बैंकले नै साथ दिएर ऋण प्रवाह गरिरहेको छ । बढि ऋण लिनकै लागि प्रभु बैंककै सिइओ शेरचनकै इशारामा कलेजले काम गर्दै आइरहेको कलेज स्रोत बताउँछ । यसका लागि पनि शेरचनले राष्ट्र बैंकसँग सेटिङ मिलाएको बुझिएको छ ।युनाइटेडपोष्ट साप्ताहिक

Trending News