अमेरिकी चुनावमा अचम्म : कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिले चुनाव जिते !

दियो पोस्ट  

एजेन्सी । अमेरिकीमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले चुनाव जितेका छन्।

अमेरिकामा जारी निर्वाचनको मतगणनाका क्रममा कोरोनाभाइरसका कारण मृत्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाब जितेका हुन् ।

जसको अघिल्लो महिना कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । एनबीसी न्यूजका अनुसार अक्टोबर महिनामा कोरोनाभाइरसका कारण डाकोटाको मृत्यु भएकाे थियाे।

अन्डल राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार थिए । उनले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजित गरेका थिए । मंगलबार उनी दोस्रो पटक निर्वाचित भएका थिए । ८ औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका उनी चुनावपछि नतिजा घोषणा हुने समयमा भने जीवित रहेनन् ।

सम्बन्धित खबर