पूर्वराजा विरेन्द्रको हातबाट टिका थाप्ने व्यक्ति प्रधानमन्त्री होइनन् पर्साका जनकलाल साह !

दियो पोस्ट  

काठमाडौं, २० कार्तिक । सामाजिक सञ्जालमा हिजोआज एउटा तस्विर भाइरल छ । पूर्व राजा स्वर्गिय वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको देखिन्छ ।

जसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री केपी ओली भन्दै प्रचार गरेका छन् । तर, त्यो तस्विरको वास्तविकता भने अर्कै रहेको पाइएको छ । राजा विरेन्द्रबाट टिका थाप्ने व्यक्ति प्रधानमन्त्री ओली नभएर पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह हुन् । उनी आफूलाई समेत उक्त तस्विर कसले राख्यो भन्ने थाहा छैन ।

बुधबार मात्र उक्त तस्वीर भाईरल भएको एकजना साथीले बताए पछि उनले थाहा पाए । करिब दुई वर्ष पहिले पनि कसैले उक्त फोटो मागेको तर आफूले कसैलाई नदिएको तर कहाँबाट फोटो बाहिरियो आफूलाई थाहा नभएको साहले बताए रआफूले फोटोहरु जम्मा गरेर राखेको हुनाले उक्त फोटो पनि घरमा हुनुपर्ने, छ छैन खोजेर बताउने उनले बताए ।


‘फोटो भाईरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतीर गए जस्तै लाग्यो,’ शाहले भने । साह नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगञ्जका अध्यक्ष छन् । उनले आफूलाई राजसंस्थाप्रति सर्मपित व्यक्ति ठान्छन् ।


को हुन् उनी ?

तत्कालिन अलौ गाँऊपञ्चायत वडा नम्बर ६ बजारटोलमा २०२४ साल चैत १ गते जन्मिएका जनकलाल साह जन्मिएका थिए ।


२०४६ सालमा भारतको पटनामा रहेको पिएमसीएच मेडिकल कलेज अन्तर्गतको सब्जीबागमा रहेको साईन्स कलेजमा ईलेक्ट्रोनिक्स ईन्जिनियरिंग अध्ययन गर्दै गर्दा नेपालमा प्रजातन्त्र बहाली भएको खबर पाएपछि नेपाल फर्किएको बताउने साहले २०५१ सालको दशैको टिकाको दिन साँझ ७ बजेर ३५ मिनट जाँदा राजा वीरेन्द्रको हातबाट टिका थापेको बताए ।

त्यस दिन आफूले राज वीरेन्द्रसंग एक्लै केही कुरा गर्न चाहेको र त्यसका लागि समय दिन बिन्ती गरेपछि पर्सिपल्ट ११ बजे भेटने अवसर पाएको दाबी गर्छन् । राजा वीरेन्द्रसंग भेटघाटको क्रममा आफू राजसंस्थाको भक्त रहेको र प्रजातन्त्रको आगमनले मर्माहत भएको बताएपछि राजाबाट केही वर्ष अझ हेर्न आग्रह भएको र प्रजातन्त्रलाई चल्न दिन निर्देशन गरिएको साह बताउँछन् । २०५२ साल देखि ५७ सालसम्म भिआईपी पासबाट दशै र राजाको जन्मदिनका दिन टीका ग्रहण गर्ने गरेको बताए । ५८ सालमा राजपरिवारको हत्या भएपछि टीकाको कार्यक्रम नै नभएको र यस वर्ष कोभिडको कारण टिका ग्रहण गर्न नगएको बताए ।

सम्बन्धित खबर