एजेन्सी, २८ कार्तिक । कलाकार आसिफ बसराले पनि आत्महत्या गरेका छन् । ५३ बर्षिय आसिफिले हिमाञ्चल प्रदेशको धर्मशाला मेक्लोडगंजमा आत्महत्या गरेका हुन् ।
उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन । उनी, आत्महत्या गर्नु अगाडि आफ्नो कुकुरको साथमा आफ्नो इलाकामा घुमिरहेको भारतीय मिडियाले जनाएका छन् ।
आसिफ ५ बर्षदेखि एक महिलासँग लिभ इन रिलेशनमा थिए । प्रहरीले महिलालाई गिरफ्तार गरेको छ । आसिफले ‘वो, ब्ल्याक फ्राइडे, जब वी मेट, वन्स अपन अ टाइम इन मुम्बई, कृष ३, हिचकी’ जस्ता चलचित्रमा काम गरेका थिए ।