अल्मुताइरीलाई खेलकुद मन्त्रीले भने,‘गोर्खालीको स्पिड अनुसार काम गर्नुस्

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक १५, २०७८ | १८:०५:०१

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबीच पहिलो पटक औपचारीक भेट भएको छ । थप ३ वर्षकालागि नेपाली टिमको प्रशिक्षकका रुपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आईतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरिएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका थिए ।
नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे । मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडी बढ्न आग्रह गरे ।

“तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाउनुभएको छ”, मन्त्री अथकले भने, “नेपाली फुटबल खेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाउनुभएको छ । सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गर्नुहोस् ।”

विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको भन्दै मन्त्री अथकले खुसी व्यक्त गरे ।

स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाले आफु पुन ः नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताए । नेपालको खेलका दौरान तथा आफु माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफुलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको र नेपाल आएलगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक र मन्त्रालय प्रति आभार व्यक्त गरे ।

माल्दिभ्स बसाईको क्रममा विभिन्न देशले ठूलो रकममा आफूलाई प्रशिक्षकका लागि प्रस्ताव गरेपनि नेपालीहरुको माया सम्झिएर आफु पुन नेपाल फर्किएको बताउँदै अल्मुताईरीले भने, “माया भन्दा ठूलो कुरा पैसा होईन ।”
मन्त्रालयका कर्मचारी र एन्फाका पदाधिकारीहरुको समेत उपस्थितीमा भएको स्वागत कार्यक्रममा मन्त्री अथक र अल्मुताईरीबिच फुटबलको विकासका सन्दर्भमा करिब ४५ मिनेट लामो छलफल भएको थियो ।
शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालकालागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।

सम्बन्धित खबर