यी हुन् ‘मिडिया म्यानेज’को नाममा प्रधानन्यायाधीशको करोडौँ लिएर फरार हुने ‘विचौलिया’ !

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक १५, २०७८ | २०:४०:०२

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफू अनुकुल मिडिया परिचालनका लागि करोडौँ रकम खर्चिएको पाइएको छ । प्रधानन्यायाधीश जबराले आफ्नै छोरा सचिन्द्र शम्शेर जबराको समलग्नतामा दरबारमार्गस्थित एक महलमा कार्यालय नै खोलेर एउटा अनलाइन समेत सञ्चालनमा ल्याएका छन् ।

तत्कालिन केपी ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि प्रधानन्यायधीशको नेतृत्वमा सरकार बनाउने माहोल बनाउनका लागि एक विचौलिया मार्फत करोडौं रुपैयाँ मिडिया म्यानेजका लागि विचौलिया मार्फत खर्चिएको उच्च स्रोतले जनाएको छ  । तर, प्रधानन्यायाधीशको छोरा सचिन्द्र शम्शेरले सञ्चालन गरेको उक्त अनलाइनका पत्रकारलाई तलब दिँदै आएका प्रमोद बहादुर क्षेत्री भनिने प्रमोद नेपालले मिडिया म्यानेजको नाममा ४ करोड रुपैयाँभन्दा बढी रकम लिएर बेपत्ता भएका हुन् । केही मिडियाले रकम पाएपनि अधिकांश मिडियाको विवरण बुझाएर रकम भने नदिई क्षेत्री बेपत्ता भएका हुन् ।

क्षेत्रीबाट न्युज २४ टेलिभिजन र एभिन्युज टेलिभिजनले केही रकम हात पारेको उच्च स्रोतले बतायो । एभिन्युज टलिभिजनका मालिक भाष्करराज राजकर्णिकारले नगद ६० लाख रुपैयाँ लिएको उच्च स्रोतले बतायो । सर्वोच्च अदालतका चार जना न्यायाधीशले संसद पुनस्थापनाको पक्षमा निर्णय गरेपछि प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा समेत उनीहरुको पक्षमा लाग्न बाध्य भएका थिए । त्यसपछि सरकार प्रमुख हुने सपना तुहिएको थियो । त्यसपछि उनले मिडियाको नाममा बाँढेको रकम फिर्ता मागेका थिए । स्रोतका अनुसार भाष्करले ६० लाख रुपयाँको ब्याक डेटको चेक दिएका थिए ।

विचौलिया क्षेत्री हिजो आज दरबारमार्गस्थित कार्यालयमा समेत देखिएका छैनन् । कार्यालयमा काम गर्ने पत्रकारलाई प्रधानन्यायाधीशको पक्षमा दैनिक निरन्तर खबर प्रकाशन गर्न दबाव दिएर उनीहरु सम्पर्क विहिन भएका छन् । उक्त अनलाइनमाा प्रधानन्यायाधीशको पक्ष निरन्तर एकतर्फी खबर प्रकाशन भइरहेको छ ।

 

पछिल्लो समय प्रधानन्यायधीशको पक्षमा मिडिया म्यानेज गर्न फेरी करोडौँ रुपैयाँ खन्याइएको उच्च स्रोतको दाबी छ ।

केही मिडियाले रकम हातपारे पछि विहिबारदेखि नै जबराको पक्षमा वकालत थालेका छन् । प्रधानन्यायधीश जबराले केहीदिन अघि एक टेलिभिजनलाई अन्तर्वार्ता दिएका थिए । नेपाल बार एशोशियशनका सदस्य मोहन साशंकरका अनुसार बहालवाला प्रधान्यायाधीश वा न्यायाधीशले  विवादित विषयमा स्पष्टिकरण दिने वा अन्तरवार्ता दिने कुनै पनि परम्परा र प्रचलन छैन । तर, अदालतले गरेको फैसलाकै विषयमा प्रधानन्यायधीश जबराले अन्तर्वार्ता दिएका छन् । जबराले उक्त अन्तर्वार्तामा अदालतले गरेका सबै फैसला आफूले गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

‘फैसला तथा आदेश व्यक्तिले गर्ने होइन । न्यायाधीश पदले गर्ने हो । पद भनेको न्यायलय हो । त्यो कानुन तथ्यको मुल्यांकनकाे आधारमा गरिने कार्य हाे ।   त्यसमा व्यक्तिले मैले नै गरेँ भन्नु चाहीँ गौण पक्ष हो,’ अधिवक्ता साशंकरले दियोपोस्टसँग भने,‘त्यो भन्नु भनेको गलत अभ्यासको शुरुवात हो ।’

प्रधानन्यायधीश जबराले मन्त्रिमण्डल विस्तारमा भागबण्डा खोजेको विषयमा दियोपोस्टले पहिलो पटक खबर प्रकाशन गरेको थियो । खबर प्रकाशनपछि समाचार हटाउन एक व्यक्ति मार्फत जबराले दबाव समेत दिएका थिए । अन्य मिडियाले समेत खबर प्रकाशन गर्न थालेपछि जबरा समस्यामा परेका थिए । उनका आफ्नै जेठान गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नै दिने बारे दियोपोस्टले पहिलो पटक किटानसहित खबर छापेको थियो । त्यसपछि जबरा थप समस्यामा पर्दै गए । मन्त्रिमण्डलमा भागबण्डा खोजेको खुलाशा भएपछि हमालले २ दिनमै राजिनामा दिन बाध्य भएका थिए । जबराको राजिनामा माग गर्दै यतिबेला नेपाल बार एशोशिएशनले नियमित आान्दोलन गरिरहेको छ । केपी ओली सरकारका पालामा जबराले भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव राखेको बताइन्छ । त्यसबेला उप्रेती दौरा सुरुवाल लगाएरै बालुवाटार पुगेको चर्चा एमाले शीर्ष नेताहरुबीच भएको थियो । यसपछि सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरिसकेका दीपक तिमिल्सिनाको नाम पनि जबराले नै प्रस्ताव गरेको भन्ने समाचार पनि बाहिरिएको थियो ।

 

खल्तीको मिडिया मार्फत जबराको बचाउ !

दरबार मार्गस्थित उक्त अनलाइनले हिजो आज जबराको बचाउमा नियमित अभियान नै चलाएको छ । सचिन्द्र शमशेर जबरालाई उक्त मिडिया सुम्पिएर पछिल्ल्लो जबराले आफ्नो पक्षमा वकालत गर्दै आएका छन् । दरबारमार्गस्थित मायादेवी खाजाघरसँग जोडिएको युनाइटेड फाइनान्स रहेको घरमा एक कार्यलय (अनलाइन मिडिया) खडा गरेर आफ्नो प्रशंसामा समाचार लेखाउदै आएको पाइएको हो ।

एक बिचौलियाले मिडिया मिलाउने नाममा रकम लिएर सम्पर्कविहीन भएको खबर दियोपोस्टले लेखेपश्चात न्यूजकास्ट नेपालमा कार्यकारी सम्पादकको भूमिकामा रहेका ‘प्रविन श्रेष्ठ र कर्मचारीलाई तलब दिने भूमिका रहेका ‘प्रमोद नेपाल’ कार्यालय नै बन्द गरेर सम्पर्क विहिन भएका छन् ।

उक्त मिडिया रहेको स्थानमा दियोपोस्ट पुग्दा कार्यलय बन्द रहेको समेत भेटिएको छ । यसअघि भौतिकरुपमै संचालनमा आइरहेको कार्यलय एकाएक किन बन्द भयो, रहस्यको विषय बनेको छ । कोरोनाका कारण विभिन्न मिडिया जस्तै सो मिडिया पनि अनलाइन संचालित (घरबाट) भएको र साउनलगत्तै भौतिक रुपमा संचालनमा आएको एक पूर्वकर्मचारी बताउछन् । संसद विघटनताका र त्यसपछि पनि पटकपटक जबराको फेबरमा आफूलाई पनि न्यूज लेख्न बाध्य पारिएको उनले दियोपोस्टलाई बताए । “यतिसम्म कि अरू न्यूज छाडेर जबराको गुणगान गाउन, जबराकै पक्षमा समाचारहरू लेख्न, जबराको विपक्षमा आएका समाचारहरूको खण्डन गर्न हामीलाई अर्हाइन्थ्यो” उनी बताउछन् । दिनमा ४०÷५० वटा समाचार अनिवार्यत लेख्नुपर्ने दबाब दिने गरिएको , अन्यथा तलब काटीदिने खालका धम्कि श्रेष्ठमार्फत आफूले पाएको अर्का पूर्वकर्मचारीको अनुभव छ । “न्यायलय जस्तो निष्पक्षमा विषय एक पत्रकारले जे सत्य हो त्यो लेख्न पाउदैन भने, त्यहाँ कसरी काम गरि बस्ने ?”, कार्यलय छाडेर आफ्नै व्यापर व्यावसायमा लागेका उनले भने ।

 

सम्बन्धित खबर