प्रत्यक्षतर्फ ‘डेब्यु’मै निर्वाचित ५९ नयाँ सांसद्, कुन दलबाट को-को ?

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भईसकेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । सार्वजनिक मत परिणाम अनुसार देशभर ५९ जना नयाँ सांसद थपिएका छन् । १६५ मध्य १०६ जना पुरानै अनुहारका हुन् भने ५९ जना नयाँ अनुहारका हुन् । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसबाट १६ जना, एमालेबाट १५ जना, माओवादीबाट ५ जना, रास्वपाबाट ७ जना, जसपाबाट २ जना, राप्रपाबाट ४ जना, लोसपाबाट १ जना, जनमतबाट १ जना, नाउपाबाट ३ जना र स्वतन्त्राट तिन जना जम्मा ५९ जना सांसदहरु पहिलो पटक निर्वाचित भएका हुन् ।

कुन दलबाट को-को ?

काँग्रेस
विश्वप्रकाश शर्मा, झापा-१
सुनिल शर्मा, मोरङ-३
दिनेशकुमार यादव, सप्तरी तिन
पुर्ण बहादुर तामाङ, रामेछाप
श्याम घिमिरे, सिन्धुली-१
सन्तोष चालिसे, काठमाडौं-३
प्रदिप पौडेल, काठमाडौं-३
दुर्लभ थापा, भक्तपुर-२
राजेन्द्र बजगाई, गोरखा-१
विष्णु कुमार कार्की, पुर्वनवलपरासि-१
योगेश गौचन, मुस्ताङ
खब बहादुर गर्बुना, म्यग्दी
ऐन बहादुर शाही मुगु
दिक्पाल शाही, दैलेखा-२
पुष्पबहादुर शाह, अछाम-२
दिल्लिराम पन्त, कैलाली-५

एमाले
महेश बस्नेत, इलाम-१
मानविर राई, सोलुखुम्बु
अम्मरबहादुर रायमाझी, उदयपुर-२
राम शंकर यादव शिराहा-१
लक्ष्मी महतो कोइरी, महोत्तरी-१
अच्युतप्रसाद मैनाली, बारा-१
प्रेमबहादुर महर्जन, ललितपुर-२
महेशकुमार बर्तौला, मकवापुर-१
मनबहादुर गुरुङ, कास्की-१
दामोदर पौडेल वैरागी, कास्की-३
नारायण प्रसाद आचार्य, पाल्पा-१
ठाकुर प्रसाद गैरे,पाल्पा-२
बासुदेव घिमिरे, रुपन्देही-५
सुर्यवहादुर थापा, प्युठान
सुर्यप्रशाद ढकाल, बाँके-१
तारालामा तामाङ, कञ्चनपुर-१

माओवादी केन्द्र
लेखनाथ दाहाल (राजन), सिन्धुली
गंगा कार्की, दोलखा
माधव सापकोटा, सिन्धुपाल्चोक-१
पुर्णबहादुर घर्ती, रुकुम पुर्व
छिरिङ डम्डुल लामा (भोटे), हुम्ला

रास्वपा
सोविता गौतम, काठमाडौं-२
शिशिर खना, काठमाडौं-६
गणेश तिमल्सिना, काठमाडौं-७
विराजभक्त श्रेष्ठ, काठमाडौं-८
तोसिमा कार्की, ललितपुर-३
हरि ढकाल, चितवन-१
रवि लामिछाने, चितवन-२

जसपा
नवलकिशोर साह सुडी, सप्तरी-१
दिपक कार्की, धनुषा-१

राप्रपा
दिपकबहादुर सिंह, मकवानपुर-२
धवलसमशेर जबरा, बाँके-२
धुर्वबहादुर प्रधान, नवलपरासि पस्चिम
ज्ञानबहादुर शाही, जुम्ला

लोसपा
रामप्रकाश चौधरी, सर्लाही-१

नागरीक उन्मुक्ती पार्टी
रञ्जिता श्रेष्ठ, कैलाली-१
अरुण कुमार चोधरी, कैलाली-२
गंगाराम चौधरी, कैलाली-३

जनमत
सिके राउत, सप्तरी-२

स्वतन्त्र
योगेन्द्र मण्डल, मोरङ-५
किरण कुमार शाह, रौतहत-२
लालबिर चौधरी, बर्दिया-२