काठमाडौं । फिल्म हलहरूले विश्वकपका खेल प्रदर्शन गर्न नपाउने भएका छन्। विश्वकप प्रदर्शन गर्न लागिएको समाचार सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि आज चलचित्र विकास बोर्डले त्यसमा रोक लगाएको हो। सबै हललाई पत्राचार गरेर नियमानुसार चलचित्र मात्र प्रदर्शन गर्न बोर्डले निर्देशन दिएको हो। नियमित चलचित्र प्रदर्शनको शो समयमा विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइटमार्फत सो समयसमेत खुलाएको देखिएकाले ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ।