क्यानका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

दियो पोस्ट  

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजीनामा बिहीबार स्वीकृत भएको छ । प्रभाकरले बिहीबारबाटै लागू हु्ने गरी राजीनामा पठाएका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले उनको राजीनामा बिहीबारै स्वीकृत गरेको हो ।

भारतीय प्रशिक्षक प्रभाकरले नेपाली टिम करिब ४ महिना सम्हाले । उनको नेतृत्वमा नेपाली टिमले राम्रो नतिजा नल्याएपछि क्यानले उनीसँग राजीनामा मागेको थियो ।

हालै नामिबियामा सम्पन्न त्रिकोणीय सिरिजमा नेपालले एक खेल पनि जित्न नसकेपछि उनको राजीनामा मागिएको थियो । भारतमा रहेका प्रभाकरले भारतबाटै राजीनामा पठाएका थिए । उनको राजीनामापछि क्यानले नयाँ प्रशिक्षकको खोजी पनि सुरु गर्ने तयारी गरेको छ । आईसीसीसँग परामर्श गरेपछि क्यानले नयाँ प्रशिक्षकको पूर्ति गर्नेछ ।