काठमाडौं । हलिउड फिल्म ‘अवतारस् द वे अफ वाटर’ बाट १० मिनेटको दृश्य काटिएको छ।
फिल्मबाट १० मिनेटको हिंसात्मक दृश्य काटिएको हो। निर्देशक जेम्स क्यामरुनले फिल्मको दृश्य काटिएको जानकारी दिएका हुन्।
उनले एक म्यागजिनसँगको कुराकानीमा भनेका छन, ‘फिल्ममा धेरै हिंसात्मक दृश्य थिए। प्रदर्शनका समयमा पनि आत्मविश्वास थिएन। म फिल्ममा सुन्दर, आध्यात्मिक र एक्सनबीच सन्तुलन राख्न चाहन्थें। त्यसैले फिल्म अलिकति गम्भीर भएको महसुस भयो। मैले बन्दुक हिंसाका दृश्यलाई लक्षित गर्दै फिल्मको लगभग १० मिनेट काटेँ। हिंसा र एक्सन एउटै कुरा हो। तपाईं यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर गर्दछ। हरेक एक्सन फिल्म निर्माताको दुविधा हो र म एक एक्सन फिल्म निर्माताको रूपमा चिनिन्छु ।’