
A ball of fire and smoke rises from an explosion on a Palestinian apartment tower following an Israeli air strike in Gaza City, Saturday, Oct. 7, 2023. The militant Hamas rulers of the Gaza Strip carried out an unprecedented, multi-front attack on Israel at daybreak Saturday, firing thousands of rockets as dozens of Hamas fighters infiltrated the heavily fortified border in several locations by air, land, and sea and catching the country off-guard on a major holiday. (AP Photo/Adel Hana)
एजेन्सी । हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।
२ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबीच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको बीबीसीले जनाएको छ । युद्धविराम अघि कुनै नयाँ बन्दी आदानप्रदान सम्झौता हुन नसक्ने हमासले जोड दिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको खबरमा उल्लेख छ । कतारमा रहेका हमासका प्रमुख इस्माइल हनियाह गाजापट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न हिजो मात्रै कायरो पुग्नुभएको थियो ।
लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाब छ । तर अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घको सुरक्षा परिषदबाट पनि युद्ध अन्त्यका लागि ठोस पहल हुन नसकेको टिप्पणी भैरहेको छ । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ ।