लाल सागरमा २५ भारतीय सवार जहाजमा हुथीको आक्रमण

दियो पोस्ट  

काठमाडौँ। कच्चा तेलको ट्यांकर बोकेको २५ भारतीय चालक दलका सदस्य सवार पानीजहाजलाई लाल सागरमा हुथी विद्रोहीले ड्रोन आक्रमण गरेको बताइएको छ ।

ड्रोन ठोक्किएपछि उक्त कच्चा तेलको ट्यांकरले सोही क्षेत्रमा रहेको अमेरिकी युद्धपोतलाई आपतकालीन फोन गरेको अमेरिकी सेनाले जनाएको छ । ग्याबोनको स्वामित्वमा रहेको एमभी साइबाबा नाामक ट्यांकरमा आक्रमणबाट कुनै क्षति भने नभएको र जहाजमा रहेका २५ भारतीय सकुशल रहेको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेका छन् ।

यद्यपि, भारतीय नौसेनाले एक विज्ञप्ति जारी गर्दै त्यसमा ग्याबोन झन्डा भएको र जहाजले भारतीय ढुवानी दर्ताबाट प्रमाणीकरण प्राप्त गरेको बताएको हो ।