पर्वतारोहण संघको अध्यक्षमा डम्बर पराजुली, महासचिवमा ऋषि राम भण्डारी

दियोपोस्ट संवाददाता

 

काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको अध्यक्षमा पुन डम्बर पराजुली निर्वाचित भएका छन् । महासचिवमा ऋषी भण्डारी निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न भएको १५ औँ वार्षिक साधारण सभाले पराजुली र भण्डारीसहित १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभा, सम्मान तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्धितीय उपाध्यक्ष शिवराज थापा, सचिवमा दावा स्टोभेन शेर्पा, कोषाध्यक्षमा दाव सान्जेन लामा शेर्पा निर्वाचित भएका छन् । सदस्यहरुमा कृष्णकुमार अर्याल, मुरारी शर्मा, जीवन घिमिरे,नविन त्रिताल, चाङदावा शेर्पा, मिङमा डेनिड शेर्पा र बावु शेर्पालाई सर्वसम्मतिले निर्वाचित गरेको छ ।
समारोहमा गत वर्ष विभिन्न हिमालमा डोरी बिच्छ्याउने कार्य समयमा र सफलता पूर्वक सम्पन्न गर्ने कम्पनि तथा एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई प्रशंसा पत्र र खादा ओढाइ सम्मान गरिएको थियो ।

सम्बन्धित खबर