निम्स र बीएनए सेमिफाइनलमाः गणेश हिमाल प्रिक्वाटरफाइनलमा

दियोपोस्ट संवाददाता

काठमाडौं । अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । साथै, गणेश हिमाल सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । निम्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) १५ औं टीआईए कप हो ।

निम्सले एचएचसीएलाई २०–१४ ले पराजित ग¥यो भने निम्सकी टीना लिम्बूले १० अंक र स्मृति खत्रीको १३ अंक योगदान गरेकी थिईन । त्यसैगरि बीएनएले ग्रिनल्यान्डलाई १७–१५ ले हराएको थियो । सिनियर गल्र्समै एनसीसीएसले हिमरश्मिलाई २३–१४ तथा भ्याली पब्लिकले आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई २६–६ ले पाखा लगाउदै सेमिफाइनलमा जाने बाटो खोलिएको हो । एनसीसीएसकी दिभा महर्जन र भ्याली पब्लिककी लोरिशा गौचनले १३–१३ स्कोर गरे भने अब सेमिफाइनलमा भ्याली पब्लिकको भेट बीएनएसंग खेल्नु पर्ने छ । निम्सले भने एनसीसीएस विरुद्ध खेल्ने छ ।

चावहिल गणेशथान मैदानमा गणेश हिमालले श्रमशीललाई २–० गोलले पराजित गरेको थियो । गणेश हिमालका दिप्लव र रोशनले १–१ गोल गरेका थिए । अर्को खेलमा विनायकले ज्ञानचक्षुलाई १–० गोलले पराजित भएको छ । यसमा जेसाङ बम्जनले निर्णायक गोल गरे भने प्रारम्भले ऋत एकेडेमीलाई ३–२ गोलले पाखा लगायो । प्रारम्भका रुपेश खड्काले २ तथा नितेश राउतले १ गोल गरेसँथै ऋतका प्रतीकले २ गोल फर्काएका थिए ।

नेपाल स्की संघको आयोजनामा मुस्ताङमा हुने पाँचौं नेपाल स्की प्रतियोगिता बारे जानकारी गराउन २०८० साल पुस १३ गते, शुक्रबार पत्रकार सम्मेलन हुँदैछ । अपरान्ह १ः०० बजे । नेपाल ओलम्पिक कमिटी, सातदोबाटोमा ।