१० उच्च अधिकारीको हत्या धम्कीबारे समाचार प्रकाशन गरेपछि दियोपोस्टको फलो गर्ने सन्तोष अधिकारी को हुन् ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्कीपत्रसहितको समाचार दियोपोस्ट डटकमले पहिलो पटक खुलाशा गरेको थियो । समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले विशिष्ट व्यक्ति र धम्कीपत्रमा उल्लेखित व्यक्तिको सुरक्षाका लागि उपत्यकाभर सर्कुलर जारी गरेको छ । तर, खबर सार्वजनिक गर्ने सञ्चार माध्यममाथि भने विभिन्न समुहबाट शंकाष्पद रुपमा फलो गर्ने र असुरक्षा महशुस हुने किसिमका गतिविधि भइरहेका छन् ।

दियोपोस्ट डटकममा कार्यरत संचारकर्मी तथा पत्रकारलाई दुई वटा नम्बरबाट भेट्नुपर्यो विज्ञापनको काम छ भन्दै फोन आएको थियो । आइतबार मार्केटिङ शाखामा कार्यरत वर्षा श्रेष्ठको मोबाइलमा ९८१९५३२५७८ बाट विज्ञापनका लागि भन्दै कार्यालको खोजी भएको थियो । तर, उक्त नम्बरमा पटक पटक फोन गर्दा पछि सम्पर्क हुन सकेन । उनले कार्यालयको ठेगाना र प्रधानसम्पादक सुदिप विश्वकर्मालाई भेट्नुपर्ने माग राखेका थिए । सोमबार मार्केटिङ शाखामा कार्यरत युवराज पहाडीको नम्बरमा ९८४३७५३७२९ बाट ‘दियोपोस्टमा पत्रकार सम्मेलन छ रे कार्यालय कता हो ?’ भन्दै फोन आएको थियो । फोन गर्ने व्यक्तिले आफ्नो परिचय समेत दिन अस्विकार गरेका थिए । पत्रकार सम्मेलन नै नभएको विषयमा सम्मेलन छ भन्दै जबरजस्ती आउने कोशिस गर्ने ती व्यक्तिले दियोपोस्टको कार्यालय रहेको अनामनगर क्षेत्र भर नै दियोपोस्टको कार्यालय कता हो भन्दै खोजी गरेका थिए । विभिन्न घरहरुमा यहाँ दियोपोस्टको कार्यालय हो भन्दै सोधीखोजी गर्न २ वटा मोटरसाइकलमा शंकाष्पद व्यक्तिहरु परिचालन भएको देखिन्छ ।

यसैबीच फोन गर्ने ९८४३७५३७२९ नम्बरको मोबाइल नेपाल टेलिकम स्रोतसँग बुझ्दा धादिङ घर भएका सन्तोष अधिकारीको नाममा रहेको देखिएको छ । यी व्यक्ति नेपाल प्रहरीसँग सम्बन्धित रहेको स्रोतको भनाई छ । यो नम्बरका बाहकले नै दियोपोस्टको कार्यालय र प्रधानसम्पादक सुदिप विश्वकर्माको फलो गर्ने शंकाष्पद कार्य गरिरहेका छन् । तर, प्रहरी भने यो आरोप स्विकार गर्न तयार छैन । शंकाष्पद व्यक्ति र घटनाबारे दियोपोस्टले गृहमन्त्री ओम प्रकाश अर्याललाई समेत जानकारी गराएको छ ।

गत शनिबार उग्रवादी समुह नेपाल अर्थात एक्सट्रिमिस्ट ग्रुप अफ नेपाल (इजिएन) नामक समुहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईमेलमा समेत धम्कीपूर्ण पत्र पठाउँदै प्रमुख आयुक्त प्रेम कुमार राईको हत्या गर्ने धम्की दिएको खबर दियोपोस्टले प्रकाशन गरेको थियो । खबर प्रकाशित भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर र सीआइबीले समेत संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ । हत्या धम्की दिने प्रकाश पाठकलाई फरार सुचीमा राखेर प्रहरीले विभिन्न निकायको सहकार्यमा खोजी गरिरहेको छ ।

सिफारिस