प्रहरीले निर्मलाको पोस्टर च्याते , १२ जना पक्राउ

diyopost.com
Diyo post  शनिबार, मंसिर १५, २०७५ | ७:२१:४४

काठमाडौँ, मसिर १५– निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो ।

पक्राउ परेकालाई सिंहदरबार बृत्तमा राखेर साँझ ६ बजे छाडिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

सम्बन्धित खबर