भीमसेनदासको सेक्युरिटी बनाएर क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

Diyo post  

काठमाडौँ, मंसिर १५ । क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख रुपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग २९ लाख रुपैयाँ र धिरेन्द्रकुमार पुलामीसँग २२ लाख रुपैयाँ, दोलखाका सुदीन खड्कासँग २७ लाख २० हजार रुपैयाँ तथा भक्तपुरका रामकृष्ण सुवालसँग १९ लाख ९० हजार रुपैयाँ र डेकराज कार्कीसँग १९ लाख रुपैयाँ तथा जयराम सुकुभुटुसँग २० लाख रुपैयाँ रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घले जनाएको छ ।

पक्राउ परेकी अधिकारीलाई बैङ्किङ कसूर र वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही अघि बढाइने प्रवउ सिंहले जानकारी दिए । निज अधिकारी चर्चित फुटबल खेलाडी निराजन रायमाझीको श्रीमती हुन् ।

हेर्नुहोस यसअघि दियोपोष्टमा प्रकाशित समाचार

पूर्व रक्षामन्त्री भीमसेनदासको सेक्युरिटी बनाएर क्यानडा पठाइदिन्छु भन्दै करोडौँ ‘ठगी’ !

सम्बन्धित खबर