धुम्रपान त्याग्न यी खानेकुरा खाऔँ

दियो पोस्ट  

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ” यो प्रचलित नारा सोहै्रआना सत्य हो । हुनपनि धेम्रपानकै कारण मुटुमा समस्या , क्यान्सरजस्ता रोग लाग्न सक्छ । तर यो कुरा थाहा हुँदाहुँदै पनि अधिकांश मानिस धुम्रपान गर्छन् । धुम्रपान धेरै गरे यो क्रमश कुलतका रुपमा विकसित हुन्छ । यसको कुलतबाट छुटकारा पाउन गाह्रै भए पनि असम्भव भने छैन । केही यस्ता खानेकुरा छन् जसले धुम्रपानबाट छुटकारा पाउन मद्दत गर्छ ।

१.अदुवा


अदुवाले धुम्रपानको लत हटाउन प्रभावकारी भुमिका खेल्छ । यसका लागि , एक चम्चा चिनीमा एक टुत्र्रा अदुवा पिँधेर पानिमा राख्ने । अनि नियमित सेवन गरेमा धुम्रपानलाई बिस्तारै बिर्सन सकिन्छ ।

२.गोलभँेडा


गोलभेँडाको दैनिक सेवन गर्ने हो भने यसको सुगन्धले चुरोटको गन्धलाई कम गर्दै लान्छ । गोलभेँडा र सुर्ती एकै प्रजातिका बोटबिरुवा हुन् । त्यसैले , गोलभेँडाले निकोटिनको असरलाई छिटै प्रभावित बनाउँछ गोलभेँडाको जुस सेवन गर्नु झनै फाइदाजनक हुन्छ ।

३.विभिन्न फलफुल तथा तरकारी


काँक्रो, गाँजर, ब्रोकाउली, ज्वानो आदिजस्ता काँचै चपाएर खान मिल्ने तरकारी तथा फलफुल नियमित सेवन गरेमा सुर्तिजन्य पदार्थबाट छुटकारा मिल्छ । यस्ता मौसमी फलफुल र ताजा तरकारी सधैँ खाएमा चुरोट बिस्तारै बेस्वादे लाग्न थाल्छ ।

४.दुध


दुध स्वास्थ्यका लागि धरै कोणबाट फाइदाजनक छ । दैनिक एक गिलास दुध पिउने हो भने चुरोट पिउन मनै लाग्दैन ।

५.काजु र बदाम


चुरोट पिउनु भनेको मुखलाई व्यस्त राख्नु हो । काजु र बदाम मुखमा राखेर बस्तासमेत मुख व्यस्त हुन्छ । क्रमिक रुपमा चुरोटको लतबाट बच्न सकिन्छ । सथै , यी दुई चिज खाएमा निकोटिनले पार्ने असर समेत कम गर्न मद्दत गर्छ ।

६.सुन्तला


सुन्तलामा पाईने भिटामिन सीको मात्राले चुरोट पिएका कारण पएका कारण पुगेको क्षतिलाई न्युनीकरण गर्छ । साथै चुरोटको तलतल लागेका सुन्तला वा यसको रस खाने गर्नुपर्छ । जसले तलतल कम हुन्छ र बिस्तारै चुरोट खाने बानी हटाउन सकिन्छ ।