भारतको अर्को सफलताः अन्तरिक्षमा अहिलेसम्मकै गह्रौँ स्याटलाईट प्रक्षेपण

दियो पोस्ट  

बीबीसी । भारतले हालसम्मकै गह्रौँ स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ । जीसेट–११ नाम दिएको उक्त स्याटलाइट बुधबार विहान यूरोपियन स्पेस एजेन्सीको प्रक्षपण केन्द्र फ्रेन्च गायनाबाट प्रक्षपण गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले जनाएको छ । इसरोका अनुसार जीसेट–११ हालसम्मकै गह्रौँ स्याटलाइट हो जसको तौल ५ हजार ८ सय ५४ किलोग्राम छ ।

वुधबार प्रक्षेपण गरिएको जियोस्टेशनरी स्याटलाइट पृथ्वीको सतहबाट करिब ३६ हजार किलोमिटर माथिको अरबिटमा रहनेछ । यसको लम्वाई र चौडाई पनि तुलनात्मक रुपमा बढी भएको इसरोले जनाएको छ । यसमा जडान गरिएको हरेक सोलार प्यानल ४ मिटरभन्दा बढी लामो छ । जीसेट–११ को केए ब्याण्ड र केयु ब्याण्ड फ्रिक्वेन्सीमा ४० ट्रान्सपोण्डर्स हुनेछन जसले १४ गीगाबाइट प्रतिसेकेण्ड गतिको हाई ब्याण्डविथ कनेक्टिभिटी दिन सक्नेछ ।

विज्ञानसंग सम्वन्धित पत्रकार पल्लव बगालाले बीबीसी संगको कुराकानीको क्रममा जीसेट– धेरै कुराहरुको आधारमा खास र महत्वपुर्ण छ । गह्रौँ स्याटलाइटले कम काम गर्छ भन्ने धारण गलत भएको बताउँदै उनले भने, कम्युनिकेशन स्याटलाइटको मामिलामा गह्रौँको मतलव धेरै शक्तिशाली हुनु र लामो समयसम्म काम गर्न सक्ने क्षमता राख्नु हो ।’यसबाट पुरा भारतमा इन्टरनेटको सुविधा सहजरुपमा उपलब्ध हुने छ । यसअघि दक्षिण अमेरिका पठाइएको उक्त स्याटलाइटलाइ परिक्षणको लागि पुन बोलाइएको थियो ।

जीसट–११ लाइ यस वर्षको मार्च–अप्रिलसम्म प्रक्षेपण गरिसक्नुपर्ने थियो तर, जीसट– ६‘ए’ नामक स्याटलाइट मिशन असफल भएपछि यसको प्रक्षेपण स्थगित गरिएको थियो । सिग्नलमा क्षति पुगेको कारण उक्त स्याटलाइटको विद्युतिय सर्किटमा गडबढी भएको थियो । हाल प्रक्षेपण गरिएको जीसट–११ मा पनि त्यसकिसिमका समस्या आउन सक्ने भन्दै त्यतिबेला यसको उडानलाई स्थगित गरेको थियो । त्यसपछि पुन परिक्षणपश्चात सबै सामान्य भएको प्रमाणित भएपछि उडानको लागि तयार गरिएको थियो ।

यसअघि इसरोले जीएसएलवी–३ नामक रकेट प्रक्षेपण गरिएको थियो जसले चार टन मात्र उठाउन सक्थ्यो तर जीसट–११ ले ६ टनसम्मको वजन उठाउन सक्ने पल्लव बगलाले बताए । भारतले विश्वकै सबैभन्दा गह्रौँ स्याटलाइट प्रक्षेपण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा बगला भन्छन, इसरोले अहिल्यै सबैभन्दा गह्रौ स्याटलाईट राख्ने भन्ने विषयमा बिचार नगरेको तर निर्माण हुँदै गरेको सेमी क्रायोजेनिक इंजीन पुर्ण रुपमा तयार भएपछि भने सम्भव हुनसक्ने बताए ।

अप्टिकल फाइबरबाट इन्टरनेट प्रदान गरिने हुँदा जीसट ११ को स्पीड भने कम हुनेछ । तथापी फाइबरबाट इन्टरनेट सेवा पुर्याउन नसकिने स्थानहरुमा भने यसबाट सजिलै इन्टरनेटको पहुँचमा ल्याउन सकिनेछ । अर्को फाइदा, फाइबरमा क्षति पुग्दासमेत इन्टरनेट पुर्ण रुपमा बन्द भने हुदैन स्याटलाइट मार्फत चलिरहन्छ । जीसटको मुख्य उद्धेश्य भारतका प्रमुख क्षेत्रहरुमा मल्टि स्पट विम कभरेज प्रदान गर्नु हो । स्पट बिमबाट इन्टरनेट स्पीड र कनेक्टिभिटी बढ्दछ ।