दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ नामक बोतलको पिउने पानीमा किरैकिरा, विभागमा उजुरी !

दियो पोस्ट  

काठमाडौं, २० मंसिर । ठूला घरानीया कम्पनिबाटै उत्पादन भएको पिउने पानी ‘मिनरलवाटर’मा अखाद्य बस्तु अर्थात ‘किरा’ भेटिएको छ ।

एचसी दुगड समुहद्वारा उत्पदन भएको ‘आक्वा हन्ड्रेड’ नामको पानीमा अखाद्य पदार्थ भेटिएको हो ।

उक्त पानीमा किरा र सांला भेटिएपछि एक उपभोक्ताले उपभोक्ता हित संरक्षण तथा वाणिज्य विभागमा उजुरी समेत गरेका छन् ।

दुगड समूहले उत्पादन गरेको के ०१८ ब्याच नम्बर रहेको पानीमा खुला आँखाले देखिनेगरी साङ्ला भेटिएको छ । सो कम्पनीले १४–११–२०१८ मा १४ बजेर ४१ मिनेटमा प्याक गरिएको बोटलमा साङ्ला भेटिएको हो । बजारमा खुद्रा पसलमा खरिद गरिएको सो पानीको बोटलभित्र साङ्ला भेटिए सरोकारवाला निकाय मौन छ ।

नेपालको आफ्नो, नेपालमा बनेको भन्ने नारा लेखेर बजारमा पठाएको सो पानी आक्वा मिनिरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपले उत्पादन गर्दै आएको छ । सहरी क्षेत्रमा अत्यधिक रूपमा देखिएको खानेपानीको मागलाई पूर्ति गर्ने उद्देश्यले नेपाल सरकारबाट स्वीकृति प्राप्त पानी कम्पनीहरुले दूषित पानीको बिक्री गरी मन्दविष नै बेचेको आरोप उपभोक्तावादीहरुको रहेको छ  ।

 


यता उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले कुनै पनि कम्पनीले उत्पादन गरेका र प्रत्यक्ष जनस्वास्थ्यसँग सरोकार राख्ने वस्तुमा कैफियत भेटिएमा, गुणस्तरहीन भएमा र नाङ्गो आँखाले हेर्दा अखाद्य वस्तु भेटिएमा त्यस्ता कम्पनीको उत्पादनमा रोक लगाई थप अनुसन्धान गरी प्रमाणित भएमा कारबाही हुने बताए । महानिर्देशक गौचनले भने,‘यदि नाङ्गो आँखाले हेर्दा अखाद्य वस्तु र यहाँले देखाएको प्रमाणका अनुसार सो कम्पनीबाट पानीको प्याकिङ गर्नेक्रममा हेलचेक्र्याइँ गरेको देखियो, यस सम्बन्धमा सम्बन्धित सरकारी निकायसँग मिलेर अनुसन्धान गरिन्छ, सो बोटल नक्कली नभई सक्कली नै भएमा कानुनसम्मत कारबाही गर्नेछौँ ।’

महानिर्देशक गौचनका अनुसार यो मुद्दालाई खाद्य प्रविधि विभागले हेर्ने हो । हामीले पनि हेर्छौँ, प्रमाणित भए खाद्य ऐन २०७५ को दफा १८ ‘ग’ मा उल्लेख भएको उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवा उत्पादन वा बिक्री गर्नेको कसुर दफा १८ विपरीत हुनेगरी काम गरे वा गराएमा कारबाही हुने जनाए ।

अधिकांश सरकारी कार्यालयदेखि प्रधानमन्त्री निवास बालुवाटारदेखि राजधानीको सर्वसाधारण जनतादेखि पाँचतारे होटलमा सो पानीको प्रयोग हुँदै आएको छ । सर्वसाधारण जनताहरूलगायत अत्यधिक विदेशीहरूको चाप रहने राजधानीमा अहिले खानेपानीको अभावलाई पूर्ति गर्ने बहानामा एचसी दुगड ग्रुपले मन्दविषनै बेचेको आरोप उपभोक्ताहरुको रहेको छ ।

अन्य मिनिरल वाटर उद्योगभन्दा अत्यधिक महंगो मूल्य राखेर बजार पठाएको आक्वा हन्ड्रेड नामको सो पानीका बोटल र जारको पानी गुणस्तरहीन रहेको आशंका विभागले समेत गरेको छ । पानीको लागि धनी देश भएपनि महंगो मूल्य तिरेर पानी खाने चलन वृद्धि हुँदै गएको मौका छोपी धनीहुने उपाय सो ग्रुपको रहेको छ ।

विभागमा उजुरी

उपभोक्ताको अधिकारको रक्षा गर्ने निकाय वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेको छ । कोटेश्वर २२ का उपभोक्ता राजु ढकालले विभागमा उजुरी गरेका हुन् ।

‘दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको आक्वा हन्ड्रेड पिउने पानी न्युन गुणस्तरको उत्पादन तथा बेचविखन हुँदै आएको छ,’ उनले उजुरीमा भनेका छन्,‘सो समुहबाट उत्पादन हुँदै आएको एक लिटरको सिलबन्दी मिनरल वाटरको बोतल भित्र खुला आँखाले प्रष्टै देखिने गरी साङ्ला भएको पानी बजारमा विक्री वितरण रहेको हुँदा मानव स्वस्थ्यमाठाडै असर गर्ने हुँदा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १८ को ग अनुसार कारबाही गरी पाउँ ।’

TATA ADD