निर्मलालाई बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमाले कार्यकर्ता

Diyo post  

काठमाडौं, मंसिर २३ । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको स्वीकार्ने प्रदिप रावल पूर्व एमालेको कार्यकर्ता भएको खुलेको छ । १७ वर्षीय प्रदिप महेन्द्रनगरका पुराना बासिन्दा भरतबहादुर रावलका नाति हुन् । उनको बुबाको नाम टेकबहादुर रावल हो । ऋण लागेपछि जायजेथा सकिएका टेकबहादुर श्रीमती सहित भारततिर छन् ।

प्रदिप भने बाजेसँगै  पुरानो घरमा बस्दै आएका छन् । प्रदिप युवा नेता महेश पन्तका अत्यन्त निकट मानिन्छन् । घरमा कोहि नभएको बेला रावल प्राय पन्तकै घरमा बस्ने गर्छन् । उनी महेशलाई घरायसी काममा समेत सघाउने गर्छन् । महेश पन्त तत्कालिन नेकपा एमालेका स्थानीय नेता हुन् । उनी प्रधानमन्त्री केपी ओलीका निकट मानिन्छन् ।

पूर्व एमालेका स्थानीय नेता महेश पन्त प्रधानमन्त्री ओलीसँग

निर्मलाको हत्या हुँदा प्रदिप कुखुरा चोरेको आरोमा प्रहरी नियन्त्रणमा

निर्मलाको हत्या हुँदा कुखुरा चोरेको आरोपमा प्रप्रदिप प्रहरी नियन्त्रणमा रहेका थिए । प्रदीपले चोरीमा मुछेपछि निर्मलाको हत्या भएको एक घण्टाभित्र घरबाटै पक्राउ गरेर रातभर थुनिएको थियो विशाल चौधरीलाई । भारत गएका थिएनन् प्रदीप । निर्मला हत्याकाण्डको एक महिनापछि प्रदीपलाई काठमाडौं बोलाइएको थियो । नियमित लागूऔषध दुव्र्यसनी थिएनन प्रदीप र विशाल ।

भोटेले नै फसाए प्रदीपलाई
काका बलबहादुरका अनुसार प्रदीप भगतपुरकै भोटे राई भन्ने हर्के राईले बोलाएर काठमाडौं गएका हुन् । ‘जरुरी काम छ तुरुन्त आइजा भनेर बोलाएको रहेछ,’ बलबादुरले भने, ‘काठमाडौंमा प्रदीप भोटेसँगै थियो ।’

भोटे राईकै डेरामा प्रदीपले करिब तीन महिना बास बसेको बताउँदै बलबदुरले कामको बारेमा भने केही भन्न सकेनन् । उनलाई भोटे राईले काठमाडौं बोलाउनुको कारण शंस्कास्पद लागेको छ । भन्छन्, ‘भोटेकै योजनामा प्रदीप फसाइएको हो ।’

कुखुरा चोरीमा प्रहरी हिरासतमा रहे पनि प्रदीप बलात्कार र हत्यामा संलग्न नभएको काका बलबहादुरको दावी छ । उनी प्रदीपलाई काठमाडौं बोलाएर फसाईको दावी समेत गर्छन् । हर्के राईमार्फत काठमाडौं बोलाएर प्रदीपलाई फसाउन तत्कालिन एमालेका स्थानीय नेताहरुको हात रहेको उनी खुलेरै आरोप लगाउँछन् । ‘उसलाई प्रलोभनमा पारेजस्तो छ, नत्र भने १० साउनमा प्रहरी हिरासतमा रहेको व्यक्तिले कसरी त्यही दिन दिउँसो बलात्कार र हत्या गर्छ ?’ उनको प्रश्न छ । प्रदीपलाई काठमाडौंमा प्रहरीले यातना दिइरहेको आफूले खबर पाएको बलबहादुरको भनाई छ ।

 प्रदिप रावल

बयानमा प्रदिप
प्रदीपले बयानका क्रममा आईजीपी खनालकै अघि भनेका थिए, ‘‘हत्या मैले नै गरेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ ।’’

प्रदीपले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयानमा उल्लेख गरेको बताइएको छ । घटना स्वीकार गरेका रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । रिपोर्ट भने आएको छैन ।

एक प्रहरी अधिकारीले भने, ‘‘निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएका छन् । डीएनए पनि हेरिरहेका छौं । सबै कोणबाट अनुसन्धान गहिरिएर गरिरहेका छौं । डीएनए नै एकमात्र विकल्प नहुनसक्छ ।’’

स्रोतका अनुसार प्रदीपकै बयानका आधारमा कञ्चनपुरबट थप २ जना पक्राउ परेका छन् । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई बिहीबार धनगढी विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनीहरुसँग पनि आईजीपी खनाल आफैंले सीआईबीमा पुगेर बयान लिएका थिए । स्रोतले भन्यो, “राति ११ बजेसम्म आईजी साब आफैं उनीहरुसँग बयान लिँदै हुनुहुन्थ्यो ।

साथमा अन्य अनुसन्धान अधिकृत पनि थिए ।’’ प्रहरी स्रोतका अनुसार प्रहरी यो घटनाको निचोडमा पुग्ने तयारीमा छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘अनुुसन्धान न्यारोडाउन भएको छ । अनुसन्धान जारी छ । अहिले सबै कुरा भन्न मिल्दैन ।’’

भागेका थिएनन् प्रदीप
प्रहरीले नयाँपत्रिकालाई चुहाएको समाचारमा उनी भारत गएको र अचानक काठमाडौंमा देखा परेपछि पक्राउ गरिएको उल्लेख छ । तर, प्रदीप भदौको ११–१२ गतेसम्म महेन्द्रनगरमैं रहेको खुलेको छ । उनी विद्युत प्राधिकरण अगाडिको राई ग्यारेजमा काम गर्थे । १० भदौमा उनले ग्यारेजका साहुबाट दुई हजार रुपैयाँ मागेर काठमाडौं गएका उनका काका बलबहादुरले बताए ।

बलबहादुरका अनुसार निर्मला हत्याकाण्डको केही महिना अगाडि प्रदीप बम्बईमा चार महिना बसेर फर्केका थिए । त्यसपछि उनी भारत नगएको बरु निर्मला हत्याकाण्डको एक महिनापछि काठमाडौं गएको बलबहादुरको भनाई छ ।

सम्बन्धित खबर