‘नेकपाबाट अन्याय भयो, मानहानीको विरुद्ध अदालत जान्छु’

दियो पोस्ट  

नेकपाका ४४ जना केन्द्रीय सदस्यहरुले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन लिखित रुपमा नै पार्टीका अध्यक्षयलाई ज्ञापनपत्र बुझाएपछि अन्ततः झाले राजिनामा दिएका छन् । राजिनामा दिदै अध्यक्ष झाले मानहानी भएको भन्दै अदालतमा नेकपाका नेताहरु विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुमा हटाउने निर्णय गरेर पुनः झालाई नै प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । झाको विषयले नेकपाको स्थायी कमिटी बैठकमा पनि निकै चर्चा पाएको छ । यसै विषयमा राजिनामा दिनुको कारण लगायतको विषयमा अध्यक्ष दिगम्बर झासँग दियो पोष्टको लागि प्रयास पराजुलीले गरेको कुराकानीः–

नेकपाको दबाब खेप्न नकेर तपाईले राजिनामा दिनुभएको हो ?
–मेरो विरुद्ध हुँदै नभएको निराधार आरोप फैलाएर भ्रम सृजना गर्ने काम भयो । मैले दुर सञ्चार प्राधिकरणलाई राम्रो बनाउनको लागि काम गर्दै आएको थिए । मैले स्वास्थ्य र व्यक्तिगत कारणले राजिनामा दिएको होइन । राजिनामा नै मैले एउटा प्रश्न उठाइदिएको छु ।

म एउटा इमान्दार कुशल व्यवस्थापक हुँ । मलाई सत्तारुढ दलले जुन आरोप लगाउने कोशिस गरेका छन् । सरासर गलत छ । भ्रष्टचारको मलाई अहिलेसम्म कुनै पनि अभियोग लागेको छैन । मैले अहिलेसम्म सरकारी नियुक्ति लिएर जुन काम गरेको छु, पारदर्शी र देशका हितमा गरेको छु ।
नेपाल आयल निगममा म भन्दा अगाडिका पाँच जना सबै भ्रष्टचारको अभियोनमा मुछिएका छन् । रमाकान्तु सुवेदी, युवराज शर्मा, रुद्र खडका म भन्दा अगाडि भएकाहरुमाथि भ्रष्टचारको मुद्दा लागेको छ । म पछि गोपाल खड्का, चण्डिका भट्टा असक्षम भन्दा निकालिए, सुरेश अग्रवाल पनि भित्र गए । म एउटा इमान्दार कर्मठ काम गर्न जन्मिएको व्यक्ति हुँ ।

तपाईले मोटो रकम बुझाएर हटाए पनि पुनः नियुक्ति लिएको आरोप छ नि ?
–यो कुरा सरासर गलत हो । खुल्ला प्रतिस्पर्धाबाट आएको हुँ । सिफारिस अनुसार नै म आएको हुँ । कसैको दयामायाले म आएको होइन । म माथि प्राधिकरणमा पनि कुनै दाग लागेको छैन् । जस्तो अहिले वाइडवडी विमान खरिदमा सुगतजीलाई आरोप लागेको छ ।

भ्रष्टचार ठहर भएको छैन् । तर दिगम्बर झामाथि आरोप पनि लागेन । कुनै शकांको घेरामा पनि म आएको छैन् । तर मेरो नियुक्ति भएको बेलादेखि नै नेकपाका नेताहरुको मन्त्री र प्रधानमन्त्रीसँग आफ्नो राजनीति होला । म राजनीतिक व्यक्ति होइन । यो कुरा उहाँ (नेताहरु)ले जान्ने कुरा हो । त्यो भएको नियुक्तिको विषयलाई लिएर अहिले आएर केन्द्रीय कमिटी, स्थायी कमिटीका नेताहरुले न्याधीशजस्तैगरी मलाई भ्रष्टचारी नै ठहर गरिदिए ।

मेरो मानमर्दन भयो । मैले अपहेलना सहनु प¥यो । मेरो सामाजिक प्रतिष्ठामा आँच आयो । परिवारमा आँच आयो । मलाई आरोपी बनाएर प्रधानमन्त्री र मन्त्रीलाई समेत छिटा पर्ने काम भयो ।

सरकारले नियुक्ति नै गरेपछि राजिनामा किन हतारमा गर्नुभयो त ? तपाईको बारेमा जवाफ दिने काम त सरकारको हो नि होइन ?
–प्रधानमन्त्री र मन्त्रीमाथि नै विभिन्न खालका टिकाटिप्पणी सुरु भएपछि यस्तो बेलामा निकास दिनुपर्छ भनेर मैले राजिनमा दिएको हुँ ।

तपाईले प्राधिकरणबाट राजिनमा दिएपछि प्राधिकरणको अवस्था के होला ?
–मैले धेरै सुधारको काम गरेको छु । सूचनमा सबैको पहुँच पुर्याउनु पर्छ भनेर इन्टरनेटमा विशेष कार्यक्रम अगाडि बढाउने काम भएको छ । नेपालको आफ्नै सेटेलाइट चाहिन्छ । सूचना प्रविधिको सबै क्षेत्रमा पहुँच पु¥याउने काम अगाडि बढाइएको छ । सिटिभिटीसँग समन्वय गरेर दक्ष जनशक्ति उत्पादन गर्ने सबै काम अगाडि बढाइएको छ ।

चार बर्ष अगाडिसम्म दुर सञ्चार प्राधिकरणलाई कसले चिनेको थियो ? मैले दुर सञ्चार प्राधिकरणलाई चिनाइदिए । ममाथि कुनै दोष र आरोप छैन । म किन नपचेको भन्दा म कुनै राजनीतिक दलको कार्यकर्ता होइन । मलाई त मानमर्दन गर्यो गर्यो ।

अब सरकारसँग तपाईको के अपेक्षा छ ?
–निकासको लागि मैले राजिनामा दिएको हुँ । अब मलाई सरकारले न्याय दिन्छ कि दिदैन ? म दोषी छ कि छैन सरकारले गर्ने निर्णय हो । अहिलेको अवस्थामा दिगम्बर झाले न्याय पाउने कि नपाउने ? नेकपाका कार्यकर्ताले अनर्गल आरोप लगाएर कायल पारे अनि मैले राजिनामा दिए ।


मानमर्दनको कुरा गर्नु भो अब के तपाई अदालत जानुहुन्छ ?
–म पक्कै पनि कानुनी उपचारमा जान्छु । मेरो उपर लगाइएका मिथ्या आरोपहरु तथा लान्छनाको कारण मेरो चरित्र हत्या भएको छ । मेरो सामाजिक प्रतिष्ठा र पारिवारिक जीवनमा निकै असर परेको हुनाले सम्मानित अदालतमा न्याय तथा क्षतिपूर्तिको लागि म अदालत जान्छु ।

मुद्दा चाही क–कसलाई हाल्नु हुन्छ ?

–मेरो विरुद्ध लिखित रुपमा प्रमाणित नै नभएको कुरा उठाएर ४४ जना नेकपाका केन्द्रीय सदस्यले पार्टीमा ज्ञापनपत्र बुझाएको थाहा पाए । त्यति मात्र स्थायी कमिटीका सदस्यहरुले पनि मेरो विरुद्ध मानमर्दन गर्नुभएको छ ।

मिडियामा आएको रिपोर्टलाई आधार बनाएर मुद्दा दायर गर्छु । मैले गर्दै नगरेको अपराधको लागि म दण्डित हुनुपर्ने हो ? देश यसरी विकास हुन्छ ? म काम गर्ने व्यक्ति मध्ये पर्छु । आज नेपाल आयल निगमले पाइपलाइनको काम गर्दै छ । त्यो मेरो पहलमा सम्भव भएको हो । कार्यान्वयको प्रक्रिया सुरु भएको छ । सरकारले मलाई न्याय दिन्छ कि दिदैन ?

TATA ADD