हिंसात्मक गतिविधिको लागि तालिवानले यसरी उठाउँछ आर्थिक सहयोग

दियो पोस्ट  

वीवीसी । अमेरीकी सेना विगत धेरै वर्षदेखि अफगानिस्तामा रहि तालिवानको विरुद्ध संघर्ष गरिरहेको छ । अफगान सरकारले पनि तालिवानविरुद्ध लड्नका लागि अमेरिकी सैनिकलाई सहयोग गरिरहेको छ । तर, पछिल्लो समय भने अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने तयारी गरिरहेको छ ।

यस खालका चरमपन्थी अभियानलाई सफल बनाउनको लागि ठुलो परिमाणमा आर्थिक सहायताको खाँचो हुन्छ । र प्रश्न पनि यही छ, हिंसात्मक गतिविधिमा संलग्नहरुलाई आर्थिक सहयोग कसले गर्छ ? कहाँबाट मिल्छ तालिवानलाई आर्थिक सहायता ?
]

आखिर कति धनाढ्य छ तालिवान ?
तालिवानले सन् १९९८ देखि २००१ सम्म अफगानिस्तानमा राज नै गरेको थियो । यस अवधिभर अफगानिस्तानमा शरिया कानुन लागु गरिएको थियो । त्यसवखत तालिवान लडाकुलाई अथाह धनसम्पत्तीको प्राप्ती भएको थियो । यस संगठनलाई प्राप्त हुने धनसम्त्ती कल्पनामा पनि आँकलन गर्न सकिदैन थियो । किनकी तालिवानले आफ्नो धनसम्पत्तीको विवरण कहिल्यै पनि प्रकाशमा ल्याउँदैनन् ।

वीवीसीको अनुसन्धान र स्ट्रिङ अपरेसनबाट अफगानीस्तानको भित्रि र बाहिरी यस्ता ब्यक्तिहरुसंग भेटेको छ कि जसबाट यो थाहा हुन्छ कि तालिवानले अत्यन्तै जटिल आर्थिक तन्त्र संचालन गरेको छ । उसले चरमपन्थी आन्दोलन र अभियानलाई सफल बनाउनका लागि कर प्रणाली समेत उपयोग गरेको पाइएको छ ।

सन् २०११ मा तालिवानको वार्षिक आम्दानी २८ अर्ब रुपयाँ देखिएको थियो । अहिलेसम्म आइपुग्दा यस संगठनको आम्दानी एक सय पाँच करोडभन्दा माथि रहेको आँकलन गरिएको छ । अफगानिस्तान र अमेरीकी सरकारले उक्त नेटवर्कमाथि नियन्त्रण राख्नको लागि लामो समयदेखि कोसिस गरिरहेको छ । आज भन्दा केही बर्षअगाडी अमेरीकी सरकारले नशिलो पदार्थ बनाउने प्रयोगशालामा आक्रमण गर्ने रणनीति बनाएको थियो । तर तालिवानको कमाई नशालु पदार्थको कारोबारमा मात्र सिमित थिएन । ‘ अफगानिस्तानमा ठुलो परिमाणमा अफिम खेती हुन्छ र सोही अफिमको कारोबारबाट तालिवानले आर्थिक स्थितिलाई मज्बुत पार्छ’ भन्ने धारणाको विरुद्ध संयुक्त राष्ट्र संघले सन् २०१२ मा चेतावनी दिएको थियो । अफिम उत्पादनमा अफगानिस्तान विश्वको पहिलो नम्बरमा आउँछ । बर्षभरि जति अफिम उत्पादन हुन्छ त्यसलाई निर्यात मात्र गरियो भने एक सय पाँच देखि २ सय १० अरब रुपैयाँसम्म आम्दानी हुन्छ । अफिमको खेतिबाट ठुलो व्यापार हुन्छ । विश्वका धेरै मुलुकहरुमा अफगानिस्तानबाट हेरोइन निर्यात हुन्छ ।

अफगानिस्तानका धेरै भुभागहरुमा अफिम खेति गरिन्छ । अफिम खेती गरिने क्षेत्रमध्य एक स्थान सरकारको नियन्त्रणमा पनि छ । तर करमार्फ यसबाट पनि तालिवान सैनिकले ठुलो मात्रामा आर्थिक उपार्जन गर्ने पाइएको छ । अफिम खेति गने हरेक किसानसंग तालिवानले १० प्रतिशत उत्पादन कर लिने गर्दछन् । यसबाहेक अफिमलाई हिरोइनमा रुपान्तरण गर्ने प्रयोगशालाबाट पनि कर लिँदछन् भने अवैध धन्दा गर्ने व्यापारीहरुसंग पनि तालिवानले पैसा असुल्ने गर्छन् । यी सबै माध्यमबाट तालिवानलाई हरेक बर्ष ७ देखि २८ अर्व रुपयाँसम्म प्राप्त हुन्छ ।

प्रयोगशालामा आक्रमण

ट्रम्प प्रशासनको आक्रामक रवैयाबाट संचालित अमेरिकी सेनाले तालिवानको प्रमुख आम्दानीमाथि प्रहार गर्ने रणनीति अपनायो । अफिमलाई हिरोइनमा रुपान्तरण गर्ने प्रयोगशालामा अमेरिकी सेनाले बारम्बार गोली बर्सायो । अमेरिकाका अनुसार तालिवानको कुल आम्दानीमध्य करिब ६० प्रतिशत आम्दानी लागुपदार्थ कारोबारबाट आउँछ ।

सन् २०१८ मा अफगानिस्तानका करिब पाँच सय प्रयोगशाला ध्वस्त गरेको अमेरिकाको दावि छ । त्यसमध्य आधाभन्दा बढी दक्षिणी हेलमन्ड प्रान्तमा नष्ट गरिएको थियो । साथसाथै हवाई आक्रमणमार्फत तालिवानले अफिम ब्यापारबाट हुने कुल कमाईको एक चौथाई भाग नष्ट गरेको समेत अमेरिकाले दावि गरेको छ । यद्यपी उक्त हवाई आक्रमणको दिर्घकालिन प्रभाव अझै बाँकी नै छ । प्रयोगशालालाई नष्ट नै गरिएतापनि त्यसलाई पुन स्थापना गर्न धेरै समय लाग्दैन ।
तलिवान लागुऔषध कारोबारमा आफ्नो संलग्नता भएको कुरालाई खण्डन गर्दछ । आफ्नो शासनकालमा अफिम खेतिलाई प्रतिवन्ध समेत लगाएको घमण्ड गर्दछ त्यसैले लागुऔषध कारोवार, उत्पादन र ब्यापारमा आफ्नो कुनैपनि संलग्नता नरहेको कुरालाई तालिवानले दावि गर्र्दै आएको छ ।

आम्दानिको अर्को स्रोत केहो ?

अफिमको ब्यापारवाहेक तालिवानले अन्य स्रोतबाट पनि आम्दानी गरिरहेको छ । सन् २०१८ मा वीवीसीको एक खोजमुलक समाचारबाट अफगानस्तिानका ७० प्रतिशतभन्दा बढी भुभागमा तालिवान बर्चश्व रहेको छ भन्ने कुरालाई पुष्टि गरेको छ । यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरुबाट पनि तालिवानले कर असुलेको पाइएको छ ।

तालिवानको आर्थिक विभागले यसै बर्ष एक खुला पत्रमार्फत अफगानी ब्यापारीहरुलाई चेतावनी दिइएको थियो । तालिवान नियन्त्रित क्षेत्रबाट ब्यापारका लागि सामान ओसारपसार गर्दा कर तिर्नुपर्ने व्यवस्था गरिएको उक्त पत्रमा उल्लेख गरिएको थियो । यसबाहेक टेलिकम र मोबाइत वितरक कम्पनीहरु तथा अपरेटरहरुमार्फत पनि आम्दानी गर्दथ्यो ।

अफगानिस्तानका एक विद्युत कम्पनीका प्रमुखले वीवीसीसंगको कुराकानीमा तालिवानले हरेक बर्ष विद्युत बिक्रीमार्फत १४ करोड रुपैयाँ आम्दानी गर्ने बताएका थिए । यसका अतिरिक्त लगातार हुने आक्रमणबाट पनि धेरै मात्रामा आर्थिक तथा भौतिक आम्दानी हुने गर्दछ । तालिवान जब कुनै सहर या सैनिक इलाकामा आक्रमण गर्दछ त्यहाँबाट ठुलोमात्रामा धनराशी तथा हातहतियार प्राप्त गर्दछन् । यस्ता खालका आक्रमणहरुबाट सरकारी ढुकुटीमा नियन्त्रण संगै हातहतियार, सवारी साधन तथा सैनिक वाहनसमेत हाँसिल गर्दछन् ।

अफगानिस्तानको खनिज सम्पदा


खनिज सम्पदामा अफगानिस्तान धनि राष्ट्र हो । विभिन्न हिंसा तथा आक्रमणका बावजुद पनि ती प्राकृतिक खनिज सम्पदाको दोहन भने भएको छैन । त्यहाँ करिब ७० अर्ब रुपयाँबराबरको खनिज उद्योग रहेका छन् । तर खनिज पदार्थको उत्खनन गैरकानुनी ढंडबाट भइरहेको वीवीसीले जनाएको छ ।

तालिवानले विभिन्न क्षेत्रहरुका गैरकानुनी र अवैध ढंगबाट खनिज पदार्थको उत्खनन गरिरहेको छ । यसले कानुनी ढंगबाट मापदण्ड पुर्याएर उत्खनन् गर्ने समितिहरुसंग पनि जबरजस्ती आर्थिक असुल गर्ने गर्दछन् ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार हेलमंड प्रान्तमा संचालित २५ देखि ३० भन्दा बढी खनिज पदार्थ उत्खनन् कम्पनीहरुबाट तालिवानले बार्षिक ७० करोडभन्दा बढी रुपैयाँ हासिल गर्दछन् । पुर्वी नांगरहार प्रान्तका गभर्नरले वीवीसंगको कुराकानीमा उक्त क्षेत्रबाट खनिजपदार्थ उत्खनन्बाट हुने आम्दानीको आधा भाग तालिवान र इस्लामिक स्टेटमध्य एक संगठनलाई जाने बताए ।
उक्त इलाकाबाट निस्कने हरेक सवारी साधनबाट तालिवानले ३५ रुपैयाँ उठाउने समेत उनले बताए । उनका अनुसार त्यस क्षेत्रबाट हरेक दिन सयभन्दा बढी ट्रकहरु निस्कन्छन् ।

स्थानिय ब्यापारी तथा अफगानी सरकारी अधिकारीका अनुसार देशका खनिज उत्खनन् क्षेत्रबाट तालिवानले बर्षेनी ३ सय ५० करोड रुपयाँ आम्दानी गर्ने गर्दछन् ।

वैदेशीक सहयोग

अमेरीकी र अफगानी अधिकारीहरुले पाकिस्तान, इरान र रुस लगायतका देशहरुले तालिवानलाई आर्थिक सहयोग गरेको बताउँछन् र आफुले तालिवानलाई कुनैपनि किसिमले अर्थिक तथा अन्य सहयोग नगरको ती देशहरुले दावि गर्दै आइरहेका छन् ।

खाडी मुलुकहरु साउदी अरब, युनाइटेड अरब इमिरेट्स ( युएई ), पाकिस्तान, कतार लगायतका देशहरुमा कामदारका रुपमा रहेका धेरै मानिसहरुले ब्यक्तिगत रुपमा तालिवानलाई आर्थिक सहयोग गरिरहेको वीवीसीले जनाएको छ । तालिवानको आम्दानीको स्रोत के हो, कसरी र कति कमाउँछ भन्ने कुराको सिधा मुल्यांकन गर्न नसकेपनि तालिवानले बार्षिक ३५ अर्ब रुपैयाँ कमाउने विशेषज्ञहरु बताउँन् ।