अछाम, १५ मंसिर । अछामको मेल्लेख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता गम्भीर साउद कुटिएका छन्। मतदान कार्य सम्पन्न पश्चात सर्वदलिय बैठक बस्ने तयारी भएको बेला अज्ञात समुहको कुटाइबाट उनी घाइते भएका छन्। उनको टाउकोमा धारिलो हतियार प्रहार गरिएको बताइएको छ । नेकपाले नेपाली कांग्रेसले निर्वाचन हार्ने निश्चित भएपछि गम्भिरमाथि आक्रमण गरेको आरोप लगाएको छ ।
उनलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। प्रहरीले स्थिति नियन्त्रण लिन हवाई फायर समेत गरेको थियो । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पाटि (नेकपा)का उम्मेदवार रमेश खड्का ७७८ को विजयी भएका थिए ।