अस्पतालको बेडबाट प्रधानमन्त्रीको भिडियो सन्देश,‘मलाई अप्रत्यासित रोग आइलाग्यो’ (भिडियोसहित)

अस्पतालको बेडबाट प्रधानमन्त्रीको भिडियो सन्देश,‘मलाई अप्रत्यासित रोग आइलाग्यो’ (भिडियोसहित)

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेको बेला उनले आफ्नो ट्वीटर एकाउन्ट मार्फत भिडियो सन्देश जारी गरेका छन् । भिडियोमा उनले आफ्नो स्वास्थ्यबारे बताएका छन् । शिक्षण अस्पतालमा उपचाररत उनले अस्पतालकै बेडबाट भिडियो सन्देश जारी गरेका हुन् ।


‘एपेन्डिसाइटिस भनेको अचानक आउने रोग हो । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ,’ उनले भनेका छन्,‘र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन भएको भए त्यसलाई निकालेर फाल्दा सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो ।’


प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे २ मिनेट ५ सेकेन्डको भिडियो सन्देश जारी गरेका छन् । ‘हप्ता १० दिनको उपचार क्रम लाग्ने नै भयो । तर मेरो स्वास्थ्य राम्ररी अघि बढीराखेको छ । सुधार भइराखेको छ । एउटा मेजर अपरेशन पछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु । समाचारहरु हेर्नसक्ने अवस्थामा छु । हिजो मैले १३ औँ सागको उद्घाटन समारोह पनि पुरै हेरेँ । सक्छकी सक्दैन भन्ने द्वविधा समाप्त भएकोमा खुसी लागेको छ,’ उनले भनेका छन्,‘म राष्ट्रपतिज्युलाई उद्घाटन गरिदिनु भएकोमा र सहभागी भइदिनु भएकोमा सबैलाई धन्यवाद भन्न चाहान्छु ।’


हेर्नुहोस् भिडियो

Trending News