प्रशिक्षक मल्लको खुलाशा : १३ औँ सागमा विदेशी प्रशिक्षकको पारिश्रमिक कमिशन खोरले चप्काए !

दियोपोस्ट संवाददाता

काठमाडौं, २० मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ‘साग’ मा चरम अनियमितता भएको खुलाशा भएको छ । बालाजु करातो प्रतिष्ठानका अध्यक्ष तथा दक्षिण एशियन कराँतेका प्रशिक्षक धुर्व विक्रम मल्लले यस्तो खुलाशा गरेका हुन् ।


‘हरेक विषयमा प्राप्त भएको बजेट आफ्नो गोजीमा भित्र्याउने तछाँड मछाड भयो ।

‘विदेशबाट आउनु भएको रेफ्रीहरुलाई खेलको तालिका अनुसार समयमा खान, अन्तर्राष्ट्रिय नियम अनुसार पाउनु पर्ने पारिश्रमिक भत्ता उपलब्ध नदिएर खेलको रेफ्री संयोजक जापानबाट आउनु भएको गुरु र एशियन कराते महासंघका रेफ्री कमिशनका सदस्य पारिश्रमिक भत्ता नलिई आफ्नो देश फर्कनु भयो,’ मल्ले भने,‘व्यक्तिभन्दा नी देशसंग जोडिएको खेलमा हामी लज्जित हुनु परेको छ ।’
मल्ल समेत एशियन कराँते महासंघको रेफ्री भएपनि उनले आउने जाने र बस्ने खाने दुवै आफैले ब्यहोरेको बताए ।


‘म एशियन कराते महासंघको रेफ्री भएको कारण देशले पाउनु पर्ने कोटा भित्र रहि इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाहा गर्न खेलस्थलसम्म जाने आउने सबै आफ्नै खर्चमा गरेको छु,’ उनले भने,‘मैले पाउनु पर्ने नियम अनुसारको पारिश्रमिक भत्ता, पोशाक केहि नलिएको पनि जानकारी गराउँदछु । मेरो नाममा कसैले लिनु भएको छ भने तिन कै जय होस् ।’


प्रशिक्षक मल्लले आफ्दो देश र खेलकुदको लागि गरेको त्यागलाई सरकारले सम्मान गर्नुको सट्टा उल्टै जरिवाना तिराएको समेत खुलाएका छन् ।


एशियन खेलको छनौट प्रतियोगितामा आफ्नै खर्चमा कराँते महासंघ मार्फत दुबइ, थाइल्याण्ड र मलेशियाबाट ६ जना रेफ्री नेपाल झिाएको र उनीहरुलाई बस्ने खाने र रिट्रट आफ्नै खर्चमा गराएको मल्लले बताए ।


दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा नेपालले कराँतेमा १९ स्वर्ण मध्ये १० स्वर्ण ४ रजत र ५ कास्य पदक जितेको छ ।

सम्बन्धित खबर