मलेसियामा कृष्ण आङ्दावेको नक्कली रक्सीको डरलाग्दो धन्दा : नेपाली मजदुर सबै जेलमा !

मलेसियामा कृष्ण आङ्दावेको नक्कली रक्सीको डरलाग्दो धन्दा : नेपाली मजदुर सबै जेलमा !

दियोपोस्ट संवाददाता,


मलेशिया, २८ मंसिर । झापाको दमक स्थायी घर भएका कृष्ण आङदाम्बेले मलेसियामा लामोसमयदेखि नक्कली रक्सी बेचेर अवैध धन्दा चलाउँदै आएको खुलाशा भएको छ । केहिदिन अघि कृष्णको कोतरायाको लालीगुराँस रोष्टुरेन्टमा मलेशीयन ‘कस्टम’ले शंकाको आधारमा छापा मार्दा नक्कली रक्सी बेचेको खुलाशा भएको हो ।

तीन वर्षअघि कृष्ण नै संचालक रहेको मलेसियाकै बटुपहाडको लालीगुराँस रेष्टुरेन्टमा पनि मलेसीयन ‘कस्टम’ले छापा मारी सबै रक्सि र काम गर्ने कर्मचारीलाई पक्राउ गरेको थियो तर दुःखद कुरा के भने संचालकलाइ पक्राउ गर्न नसकेपछि त्यहाँको कामदार कुलविक्रम नेम्वाङ मात्रै पक्राउ परे । त्यस्तै आफ्नै कम्पनिमा काम गर्ने नेम्वाङलाई कृष्णले निकालेका छैनन् । ‘न तलब दियो, न भत्ता दियो, न पीडित क्षतिपुर्ति दियो, बरु उल्टै ती कामदार नेम्वाङको जीवन जेलमा सडाइदिएका छन्,’ नेम्वाङका पारिवारिक सदस्यले भने,‘काम गर्न बोलाएर सारा जीवननै बर्वाद पारीदिने कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।’

मलेसीयन कस्टमलाइ जम्मा एक लाख रिङगेट जरिवाना तिरेको मात्र भएपनि उनी छुट्थे । केहि दिन पहिले बटुपहाडको सोही रेष्टुरेन्टमा मलेसीयन कस्टमले दुई नम्बरी रक्सी बेचेको आरोपमा फेरि छापा मारेर रेश्मा लिम्बु नाम गरेकी कामदारलाई समातेर लगेको छ । ती लिम्बु पनि अहिले जेलमै छन् उनी संचालाककै नातेदार समेत रहेकी थिइन् ।

त्यसरी साहुले गल्ती गर्ने अनि कर्मचारीलाइ जेल पठाउने भनेर मलेसीयाभरी नेपाली कामदारहरुले तिब्र विरोध र आक्रोश व्यक्त गरिरहेका छन् । संचालक कृष्णको पासपोट समेत लालिगुराँस रेस्टुरेन्टमा छापा मार्दा मलेसियन कस्टमले जफत गरेर लगेको छ उनी अहिले बिना पासपोर्ट मलेसियामा छन् ।

नेपालीहरु मलेसीयामा बढी संख्यामा मर्नुको कारण त्यस्तो नक्कली रक्सी हुनसक्ने सबैले आशंका गरेका छन् । सोही काण्डबारे मलेसीयन सरकारले अहिले मुद्धा चलाएको छ । राजदुतावासमा पनि यो मुद्धा पुगेको छ । कामदारलाइ जेल पठाएर पीडित बनाउने तर उद्धार नगर्ने, न पीडितको परीवारलाइ क्षतिपुर्ति दिने, न तलब भत्ता दिने, न जेलबाट छुटाउन प्रयास गर्ने, उल्टै उसको जीवन नै बिचल्ली बनाइदिने कृष्णलाई कारबाही गर्नुपर्ने आम मजदुरको माग छ ।
सबैतिरबाट तिब्र बिरोध आएपछि अहिले मलेसियास्थित नेपाली दुताबास र संचालक कृष्ण आङदाम्बेले पनि तिन बर्षपछि जेल परेका मजदुर नेम्वाङ्गको उद्दारको लागि पहल गरेको बताएको छ । यस विषयमा दियोपोस्ट डटकमले आङदाबेलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

Trending News