काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशनबाट समावेशी कमिटि निर्माण गर्र्ने निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले संविधानको व्यवस्थाअनुसार सबै समूहहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने निर्णय गरेको हो ।
महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको स्थायी समिति बैठकले युवा, महिला, मुस्लिम, दलित, आदिवासी जनजाति लगायतको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने समझदारी भएको हो ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा समुहगत छलफल भइरहेको छ ।
सम्मेलनको समूहगत छलफल बुधबार दिउँसो १ बजेसम्म सक्ने र त्यसपछि बन्द सत्रमा सुझावहरू पेस गर्दै आउँदो १६ गते महाधिवेशनका सबै काम सक्ने माओवादी नेताहरुले जनाएका छन् ।