म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय !

खुमा वली  

काठमाडौं । सरकारले दुई मन्त्रालयबाहेकका मन्त्रालयको जिम्मेवारी विभिन्न दलका सांसदहरुलाई दिएको छ । यस्तै यो आम निर्वाचनमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘म्यान पावर’ व्यवसायी डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाएको छ। रास्वपाबाट समानुपातिक संसद् बनेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाएका हुन्।

अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालन समितिका सदस्य हुन्। उनी उक्त प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर हुन्।

यस्तै अर्याल रेमिट्यान्स सञ्चालक पनि रहेको पाइएको छ। उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक समेत हुन्।
योसँगै दई मन्त्रालय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले खाली राखेका छन् । उक्त मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)का लागि राखिदिएको भन्ने छ ।

 

TATA ADD