चित्लाङ जाँदै गरेको कार सेतो पहराबाट खस्यो, ४ जनाको मृत्यु

खुमा वली  

काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका- ४ सेतो पहराबाट खसेर दुर्घटना भएकाे छ ।

दुर्घटना ४ जनाको मृत्यु भएको छ। आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र २ जना घाइते भएको हाे ।

मृत्यु हुनेमा काठमाण्डौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम  र ४ वर्षीय प्रियान्स गौतम छन्। महेश कुमार गौतमले गाडी चलाएका थिए।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।