यसकारण लाग्छ रुघाखोकी

दियो पोस्ट  

सामान्यतया चिसोका कारण जाडो मौसममा रुघाखोकी लागिरहन्छ । यसर्थ, यसलाई मानिसले सामान्य स्वास्थ्य समस्याकै रूपमा लिने गर्छन् । तर, यसलाई हेलचेक्र्याइँ गर्दा गम्भीर स्वास्थ्य समस्या पनि निम्तिने गर्छ । रुघाखोकी नै संसारमा सबैभन्दा बढी हुने संक्रमण हो ।

अनगिन्ती भाइरसमध्ये एक राइनो भाइरसको संक्रमणबाट रुघा लाग्ने गर्छ । धुलो, धुवाँ, प्रदूषण, बदलिँदो मौसममा विभिन्न एलर्जी हुन्छ । चिसोबाट एकाएक गर्मी सुरु हुँदा वा गर्मीबाट एक्कासि चिसो मौसम आएमा यस्ता भाइरस बढी सक्रिय हुन्छन् । जसका कारण मानिसलाई यसले आक्रान्त बनाउँछ ।

शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा वा एलर्जीको संवेदनशील मानिसलाई बारम्बार रुघाखोकीले सताइरहन्छ ।

उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, केटाकेटी तथा बुढाबुढी रुघाको बढी जोखिममा हुन्छन् । आइतबारको नयाँ पत्रिकामा खबर छ ।