दूध खाए पनि समस्या

Diyo post  

काठमाडौँ, माघ ७ । सामन्यतया दुधलाई स्वास्थ्यको लागि उपयोगी मानिन्छ तर यसका धेरै वेफाइदाहरु छन् ।

– स्वस्थ मानिसले दूध तथा दूधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ व्यक्तिले नियमित दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ ।

– मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक्षित मानिन्छ ।

– दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ ।

– स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । तर, दूधमा भने फ्याट र क्यालोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले दूधको नलिँदा राम्रो हो । 

– भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने, यसमा गाईको दूधमा भन्दा डबल फ्याट हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । 
सोमबारको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबर