काठमाडौं, २६ पुस । उपसभामुख शिव मायाँ तुम्बाहम्फेले पदबाट राजिनामा दिनु पर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने उपसभामुख डा. शिवमाया तुम्बाहम्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उनलाई राजिनामा दिन निर्देशन दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
‘नेकपाबाट सभामुखमा उम्मेद्वारी दिने प्रयोजनका लागि पार्टीका तर्फबाट उपसभामुख रहनुभएकी डा. शिवमाया तुम्बाहम्फेले राजीनामा दिनुपर्ने बैठकले निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने।
सचिवालयको निर्देशन अनुसार उनले राजिनामा नदिए पार्टीले उनीमाथि महाअभियोग लगाउने समेत एक नेताले बताए ।