नक्कली चेककाण्डमा मुछिएका एआरएनए मलेशिया अध्यक्ष हरि भट्टराईले महासचिवलाई नै ढाँटे !

दियोपोस्ट संवाददाता

मलेशिया, २९ पुस । गैर आवाशिय नेपाली संघका अध्यक्ष हरि भट्टराईले श्रमिक कल्याणकारी कोषलाई नक्कली चेक दिएको घटनाले यतिबेला मलेशियामा तरंग छ ।


गत भदौ ६ गते गैर आवाशीय नेपाली संघको सर्वसम्मत अध्यक्ष बनेका भट्टराईले एनआरएनए मलेशियाले बनाएको श्रमिक कल्याणकारी कोषमा ५० हजार रिंगेट अर्थात १३ लाख नेपाली रुपैयाँ दिएको चेक नै नक्कली भएको पाइएको थियो ।

यस विषयमा दियोपोस्ट डटकमले खबर छापेपछि भट्टराईले अर्को ‘विज्ञप्ति निकाले । जनवरी १३ अर्थात आजभन्दा ५ दिनअघि सार्वजनिक भएको विज्ञप्तिमा अध्यक्ष भट्टराई र कोषाध्यक्ष कृष्ण प्रसाद नेपालको हस्ताक्षेर छ । जसमा उनले कल्याणकारी कोषको बैंक एकाउन्ट नै नभएका कारण आफूहरुले रकम जम्मा गरिदिन नपाएको र कोषाध्यक्षलाई जिम्मा लगाएको झूटो बयान उल्लेख गरेका छन् ।


तर, उक्त विज्ञप्ति समेत अध्यक्ष भट्टराईले एकलौटी रुपमा निकालेको खुलाशा भएको छ । उनले कार्यासमितिको बैठक नै नबोलाई विज्ञप्ति निकालेपछि गैरआवाशिय नेपाली संघ मलेशियामा खैलाबैला मच्चिएको छ । अध्यक्ष भट्टराईले कार्यासमितिको बैठक त के महासचिव हेमराज सापकोटासँग समेत समन्वय नगरी विज्ञप्ति निकालेको पाइएको छ ।

‘बैठक बसेको छैन । उहाँले विज्ञप्ति निकाल्नु पर्यो भन्नुभएको थियो । जुन नामको चेक काटिएको छ । त्यही नाममा रकम जम्मा गर्नुपर्छ । त्यो नाममा रकम हालेपछि म विज्ञप्ति निकाल्छु भनेको थिएँ । खातामा रकम जम्मा भएपछि सकारात्मक समाचार आउँछ । अनि विज्ञप्ति पनि निकालौँला भनेको थिएँ,’ गैरआवाशिय नेपाली संघ मलेशियाका महासचिव हेमराज सापकोटाले भने,‘रकम जम्मा गर्ने कुरा पनि भएको थियो । उहाँले विज्ञप्ति निकाल्नु भएछ । त्यसरी विज्ञप्ति निकाल्न नमिल्ने हो । उहाँले हस्ताक्षेर गरेपछि मैले हस्ताक्षेर गर्ने हो ।’


महासचिव सापकोटाले आफूलाई समेत बाइपास गरेर विज्ञप्ति निकालेको खुलाशा गरे । उनले विज्ञप्ति निकालेपछि अध्यक्ष भट्टराईलाई सम्पर्क गरेर ‘यस्तो नगर्न’ भनेको समेत उनले बताए ।
‘यो विषयमा अब बैठकबाट नै समाधान गर्ने कुरा हो । सायद ३१ तारिखमा मिटिङ हुन्छ,’ उनले भने,‘जहाँ चेक काटेको हो त्यहाँ पैसा हाल्नुपर्ने हुन्छ । अर्को अकाउन्ट बनाउने पनि हामी नै हौँ । विज्ञप्ति निकालेको विषयमा म बैठकमा करा उठाउँछु ।’

एनआरएनए मलेशियाले मलेशियाको राजधानी क्वलालम्पुरमा रहेको सिएमआइडी बैंकमा खाता खोलेको थियो । सोही खातामा उनले दिएको रकम हालसम्म पनि जम्मा भएको छैन ।

गैरआवाशिय नेपाली संघ मलेशियाका एक सदस्य महासचिव जस्तो जिम्मेवार व्यक्तिको हस्ताक्षेर विना विज्ञप्ति सार्वजनिक गर्न नहने बताउँन् । ‘महासचिव भनेको कुनै पनि संघ संगठनको मुटु हो । उहाँलाई बाइपास गर्नु त भएन नी,’ ती सदस्यले भने ।

एनआरएनए मलेशियाका अध्यक्ष भट्टराईले श्रमिक कल्याणकारी कोषलाई नक्कली चेक दिएको खुलाशा !

‘नक्कली चेक दिएर’ मलेशियामा नेपालीलाई ‘बेवकुफ’ बनाएका हरि भट्टराईको अर्को ‘झूट’ पर्दाफास !

सम्बन्धित खबर