Exclusive:: नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाद्वारा ‘बालिका बेचेको’ गम्भिर आरोप !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, २ माघ । नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाले एक बालिका बेचेको गम्भिर आरोप लागेको छ । बाल भविष्य बाल संगठन (चिल्ड्रेन फ्युचर अर्गनाइजेशन) ‘सिएफओ’ नामक संस्थाको अध्यक्ष समेत रहेका धमलाले सोही संस्था मार्फत एक बालिकालाई १४ वर्षदेखि बेपत्ता बनाएको पीडित परिवारको आरोप छ ।


धादिङको साविक नलाङ २ मा जन्मिएकी रजनी अर्याललाई उनले धर्मपुत्रको नाममा जर्मन पुर्याएर बेपत्ता बनाएको उनकी आमाले आरोप लागाएकी छिन् ।


धर्मपुत्रको नाममा नेपालबाट अवैध रुपमा बालबालीका विदेश पुर्याउँदै आएका धमलाले सञ्चालन गरेको संस्था सिएफओ नेपाल यसअघि नै विवादित बनेको थियो ।

धमलाले सञ्चालन गरेको सिएफओ नेपाललले सयौं बालबलीका नेपालबाट विभिन्न मुलुकमा पुर्याएको भएपनि ती बालबालीका १० औँ वर्षसम्म नेपाल फर्किएका छैनन् । यद्धपी धर्मपुत्र सम्बन्धी ऐनमा भने नेपालबाट धर्म सन्तानका नाममा बाहिर लगिने नेपाली बालबालीका ६÷६ महिनामा नेपालमा ल्याउनुपर्ने कानुनी व्यवस्था छ ।


‘एक जना नेपालीले तपाईंको नानी ६/६ महिनामा नेपाल आउने जाने गर्छ । तपाईंहरुले केही तनाव लिनुपर्दैन । यो सबै रमेश धमलाको माध्यमबाट पठाउन लागेको हो । यदि समस्या भयो भने रमेश धमलालाई भन्न सक्नुहुन्छ भने । मैले छोरी कसैगरी पनि पठाउन नसक्ने अडिडी कसेँ । मेरो छोरीलाई काखमा समातेर रोएँ,’ आमा शोभा दुवाडीले दियोपोस्टसँग भनिन्,‘तर, छोरी बेपत्ता भएको १३ वर्ष भइसक्यो । अहिलेसम्म अत्तो पत्तो छैन ।’


धमलाले लामो समयसम्म बालिका फिर्ता नल्याउँदा आफ्नो छोरी बेचिएको हो भन्ने गाउँलेको ठहरमा आफूलाई विश्वास बढेको पीडित शोभाको भनाई छ ।

त्यसो त धमलाको संस्था विरुद्ध यसअघि नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । त्यतिबेला नै करोडौं अनियमितता गरेको भन्दै उनीमाथि छानबीनको माग गरेर काठमाडौं प्रशासनले छानबीन थालेको थियो ।

यसैबीच धमलासँग दियोपोस्टले यस विषयमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।

भिडियो हेर्नुहोस्


बालिकाकी आमाले दिएको बयानका आधारमा दियोपोस्टले बिस्तृत रिपोर्ट तयार पारेको छ । बिस्तृत रिपोर्ट

१३ वर्षदेखि छोरी ‘बेपत्ता’ : आमाको चित्कार,‘छोरी सम्झदा संसारै अध्याँरो हुन्छ’

सम्बन्धित खबर

सिफारिस