काठमाडौं । वीर अस्पतालको मेडिकल सामग्र खरिद घोटालामा मुछिएका डा. जागेश्वर गौतममाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले डा. गौतम लगायतमाथि छानबीन गर्न अख्तियारलाई सिफारिस गरेको हो ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारले कोभिड १९ सम्बन्धी अध्यादेश नै ल्याएर डा. गौतमलाई वीर अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा नियुक्त गरेको थियो । नियुक्ती पाएसँगै उनले आफ्ना व्यावसायीक साझेदार सुन्दर भुषाल समलग्न कम्पनिलाई करोडौँको मेडिकल सामग्र खरिदको ठेक्का दिलाएका थिए । ठेकेदारकै योजनामा बायोमेडिकल इन्जिनियर भावना बराललाई समेत नियुक्ती दिएर गौतमले अनियमितता गरेका थिए ।
कोभिड १९ केन्द्रीय अस्पताल घाषित वीर अस्पतालको करिब १५ करोड रुपैयाँको ठेक्का अनियमिततामा उनी मुछिएका थिए । राष्ट्रिय सतर्कता केन्द्रले गत साउनमै वीर अस्पतालमा छापा मारेर कागजात जफत गरेको थियो ।
भुसाल समलग्न रहेको म्याक्सिम इन्कर्पोरेशनलाई गौतमले मिलेमतोमा १५ करोड मुल्यको ठेक्का दिएका थिए ।
यस्तो छ सरकारले नियुक्त गरेको वीर अस्पतालका प्रमुख जागेश्वर गौतमको किर्ते अपराधको ‘फाइल’ !
वीर अस्पतालमा सतर्कता केन्द्रको छापा : १५ करोड भ्रष्टाचारको आशंकामा कागजात जफत !