काठमाडौं, ५ साउन । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालमा राष्ट्रिय सतर्कता केन्द्रले छपा मारेको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलले आफ्नै स्लिपिङ पार्टनरको नाममा रहेको कम्पनिलाई सेटिङमा १५ करोडको ठेक्का दिएपछि सतर्कता केन्द्रले छापा मारेको हो ।
सतर्कता केन्द्र निकट स्रोतका अनुसार केन्द्रले वीर अस्पतालमा डा. जागेश्वरको नेतृत्वमा भएको १५ करोडको ठेक्का प्रक्रियाको महत्वपूर्ण कागजात जफत गरेको स्रोतले बतायो । सतर्कता केन्द्रको टोली सञ्चार माध्यममा प्रकाशित समाचारको प्रिन्ट गरेर असार २१ गते नै वीर अस्पतालमा पुगेको थियो ।
‘हामीले आज साउन ५ गते खरिद प्रक्रियाका सबै कागजात जफत गरेर ल्याएका छौँ,’ स्रोतले भन्यो,‘हामीले अनुसन्धान गरेपछि तथ्यसहित मुद्दा प्रक्रियामा जानेछौँ ।’
यस्तो छ सरकारले नियुक्त गरेको वीर अस्पतालका प्रमुख जागेश्वर गौतमको किर्ते अपराधको ‘फाइल’ !
डा. जागेश्वर गौतमले उनका व्यावसायीक साझेदार सुन्दार भुसालको नाममा रहेको म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्सलाई १५ करोडभन्दा बढीको ठेक्का दिएका थिए । स्रोतका अनुसार कम्पनिमा सुन्दर भुसाल देखिने पात्र भएपनि स्लिपि𑈚ङ पार्टनरको रुपमा डा. गौतम नै समलग्न छन् । उनले म्याक्सिमलाई ठेक्का दिन नाटकीय रुपमा म्याक्सिममै कार्यरत भावना बराललाई बायोमेडिकल इन्जिनियरमा नियुक्त गरेका थिए ।