भजनशिरोमणि भक्तराज आचार्यको निधन

खुमा वली  

काठमाडौं । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको परिवारले जनाएको छ ।

अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको मृत्यु भएको लम्सालले जानकारी दिए । उ

०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् ।

आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जली कार्यक्रम राखिने छ । आचार्यका श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् ।