प्रचण्डलाई जवाफ दिँदै पदम गिरीले भने : अध्यादेश ल्याएपछि जनता खुसी भए

दियोपोस्ट संवाददाता  

काठमाडाैं । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले हालै ल्याएका अध्यादेशलाई लिएर जनता खुसी भएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै गिरीले यस्तो बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड)लाई जवाफ दिँदै उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको भन्दै प्रश्न गरे।

‘अध्यादेशले देशवासी खुसी भएका छन्, ‘उनले प्रचण्डलाई प्रश्न गर्दै भने, ‘अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको ?’

गिरीले प्रचण्ड सत्ताबाहिर हुँदा सामाजिक सञ्जाल विधेयक घाँडो भयो भन्दै प्रश्न गरेकोमा आपत्ति जनाए। उनले माओवादीकी तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले नै विधेयक ल्याएको स्मरण गराए।

यसअघि, माघ २४ गतेको संसद् बैठकमा प्रचण्डले विधेयकप्रति आपत्ति जनाएको छ।