“आफ्नै प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुनै नैतिकताले कुर्सीमा बस्ने हो” : सांसद खनालकाे प्रश्न

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रहरीमाथि कुटपिट गर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई प्रहरीले जोगाएको विषय संसदमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मंगलबारको प्रतिनिभिसभा बैठकमा यो विषय उठाएका हुन् ।

उनले भने, ‘आफ्नो कमान्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले कुर्सीमा बस्ने हो ? हामीलाई जवाफ दिनुपर्‍यो ।’

गत शुक्रबार बेलुका ठमेलमा ड्युटीमा रहेका दुई प्रहरीमाथि अस्कलका विद्यार्थी नेताहरूले कुटपिट गर्नुका साथै उनीहरूको मोटरसाइकलसमेत तोडफोड गरिएको थियो । सो घटनामा पाँचजनाको संलग्नता रहे पनि दुईजना मात्र पक्राउ परेका छन् । अनेरास्ववियुका नेतालाई प्रहरीले जोगाएको आरोप लागेको छ।