प्रहरी कुट्नेलाई कारबाहीमा ल्याउन गृहमन्त्रीको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।  बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई बोलाएर उनले प्रहरीलाई कुट्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

केही दिनअघि  काठमाडौँको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताले हातपात गरेका थिए। उनीहरूलाई कारबाहीको दायरमा नल्याउँदा गृहमन्त्री र सरकारको चर्को आलोचना भइरहेको छ। बुधबार बिहान गृहमन्त्री लेखकले प्रहरी प्रमुख कुँवरलाई समाजमा शान्ति सुरक्षा खलल पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

‘घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’ उनले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल् पुर्‍याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु।