काठमाडौं । तत्कालीन सरकारविरुद्ध माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिनका अवसरमा शुभकामना दिँदै नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गतेलाई जनक्रान्ति दिवसका रूपमा मनाउनुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष जनक्रान्ति दिवसका रूपमा मनाऔं ।
उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२(६२ सालको सशस्त्र जनयुद्ध, २०६२ र ६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्नुपर्नेसमेत बताएका छन् ।