काठमाडौं । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको प्रारम्भ गरेको थियो । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ १’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआत गरेको माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा गरेको थियो ।
सोही दिन तत्कालिन नेकपा माओवादीको सुप्रिमो अर्थात पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँ थिए रु उनलाई काठमाडौं उपत्यकामै कसले सुरक्षित राखेका थिए भन्ने विषय अहिलेसम्म पनि गोप्य नै छ ।
कृष्ण सिलवाल तत्कालिन नेपाल राष्ट्र बैंकका कर्मचारी थिए । काठमाडौंको कलंकी क्षेत्रमा प्रचण्ड र उनको परिवारलाई आफ्नै घरमा लुकाएर राख्ने दुस्साहसी घरबेटी थिए — सिलवाल । उनै सिलवालले दियोपोस्टसँग प्रचण्डलाई घरमा लुकाएको घटना यसरी खुलाएका छन् ।
भिडियोमा हेर्नुहोस् ।