३ करोड रुपैयाँको चेकको मिति ‘किर्ते’ गरेर बाउन्स, धरहरा बनाउने कम्पनि कालोसूचीमा !

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको धरहरा निर्माण गर्दै गरेको कम्पनि हो — रमन कन्स्ट्रक्सन । क बर्गको यो ठेकेदार कम्पनिलाई चेकको मिति किर्ते गरेरै कालोसूचिमा राखिदिएको घटना फेला परेको छ ।
धनुषा जिल्ला कमलामाई नगरपालिका ९ घर भएका श्री ईन्फ्रास्ट्रक्चर एस एण्ड वि विल्डर्स प्रा.लीका संचालक सन्तोष यादवले किर्ते गरेर चेकको मिति सच्याई बाउन्स गरि कालोसूचिमा राखिदिएको आरोप छ । दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार सन् २०२१ अक्टोवर १० तारिकमा साटिने गरि रमन कन्स्ट्रक्सनले ईन्फ्रास्ट्रक्चर एस एण्ड वि विल्डर्स प्रा.लीलाई ३ करोड १० लाख रुपैयाँको चेक भुक्तानीका लागि दिएको देखिन्छ ।

माछापुच्छ«े बैंकमा रहेको रमन कन्स्ट्रकक्सन प्रा.लीको चेक नम्बर २४९६९५३६ को पोस्ट डेटेड चेक सन् २०२१ अक्टोबर १० अर्थात २०७८ असोज २४ गते साटिने गरि दिएका थिए । चेक फिर्ता गर्ने सर्तमा सोही दिन २०२१ अक्टोबर १० अर्थात २०७८ असोज २४ गते आरटिजिएस मार्फत ३ करोड १० लाख रुपैयाँ अनुसार आरटिजिएसबाट ३ करोड १० लाख रुपैयाँ ईन्फ्रास्ट्रक्चर एस एण्ड वि विल्डर्स प्रा.लीको खातामा जम्मा भएको स्टेटमेन्ट देखिन्छ ।

 

तर, रकम जम्मा भएको तीन वर्षपछि सोही चेकको अन्तिम अंक अंग्रेजी एकलाई ४ बनाई बाउन्स गरि कालोसूचिमा राखेको पाइएको हो । किर्तेमा संलग्न आरोपी यादवले आपराधिक विश्वासघात गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । रमन कन्स्ट्रक्सनको दाबी अनुसार संलग्न प्रमाणमा यादवले २०२१ अक्टोबर १० मा लिएको चेक नम्बर र यादवले बाउन्स गरेको चेक नम्बर एकै छ । गत फेब्रुअरी ३ मा किर्ते गरिएको चेकलाई समेत बाउन्स गरि प्रक्रिया अगाडी बढाएपछि रमन कन्स्ट्रक्सन कालोसूचिमा परेको छ । जसलाई बैंकले समेत पत्राचार गरेको छ ।


किर्ते गरिएको चेक नम्बर र यसअघि लिएको चेक नम्बर एकै रहेछ नी भन्दै दियोपोस्टले ईन्फ्रास्ट्रक्चर एस एण्ड वि विल्डर्स प्रा.लीका संचालक सन्तोष कुमार यादवलाई सम्पर्क गर्दा उनले समाचार सम्बन्धित प्रतिक्रिया दिनुको सट्टा रमन कन्स्ट्रक्सनले यो समाचार लेख्न कति रकम दियो भन्दै प्रश्न गरे । समाचारसँग सम्बन्धित तथ्यको जवाफ दिनुहोला भन्दै दियोपोस्टले प्रश्न गर्दा समेत उनी मुख्य प्रश्नबाट भाग्दै ‘रमन कन्स्ट्रक्सन चोर हो, फटाहा हो’ भन्दै फोन काटिदिए ।

आपराधिक विश्वासघात, लाभ र ठगी उद्योगमा जाहेरी

पीडित बनेको रमन कन्स्ट्रक्सनले ईन्फ्रास्ट्रक्चर एस एण्ड वि विल्डर्स प्रा.लीका संचालक सन्तोष यादव विरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २१ अन्तर्गत आपराधिक विश्वासघात र परिच्छेद ३ को दफा ३४ अनुसार आपराधिक लाभ र ठगी गरेको भन्दै जाहेरी दिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहराले उक्त जाहेरीबारे आफूहरुले बुझेर मात्रै भन्न सक्ने बताए । ‘म यो जाहेरीको विषयमा बुझ्छु,’ उनले भने,‘तपाईंले भनेपछि मलाई यो विषय जानकारीमा आयो ।’

सम्बन्धित खबर

सिफारिस