काठमाडौं । डाक्टर भोला रिजाल ! अर्थात नेपालको पहिलो पुरुष स्त्रीरोग बिशेषज्ञ । यतिमा मात्रै उहाँको परिचय सीमित छैन । संचारकर्मी, गीतकार, सङ्गीतकार, गायक, कथाकार, लेखक, चलचित्र निर्माता, समाजसेवी जस्ता परिचय उहाँको नामका अगाडि वा पछाडि जोडिएर आउने सशक्त चिनारी हुन् । त्यति मात्रै होइन, उहाँ नेपालमा पहिलो पटक टेस्टट्युब प्रबिधि अर्थात महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एउटा प्रविधि (इन भिट्रो फर्टिलाइजेसन) आइभिएफबाट बच्चा जन्माउने प्रविधि भित्राउने ब्यक्ति हुनुहुन्छ ।
२०६० सालभन्दा पहिले नेपालमा टेस्ट ट्युव प्रबिधिबाट बच्चा जन्माउने चलन थिएन । तर पनि वाँझोपन तथा निसन्तानहरुको उपचार भइ नै रहेको थियो । आज उनै डाक्टर भोला रिजालललाई हामीले सोधेका छाँै, नेपालमा आइभिएफ अर्थात टेस्टट्युव प्रबिधि आउनु भन्दा पहिले निसन्तान दम्पतिहरुको उपचार कसरी गरिन्थ्यो ?
भिडियो रिपोर्ट हेर्नुहोस्