काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले मन्त्री खड्काको आलोचना गरेकै कारण दूधकोशी जलविद्युतका सीईओ बिमल गुरूङलाई कारवाहीको पत्रचार गरेको भन्दै आक्रोश व्यक्त गरे।
उनले भने, ‘यो उर्जा मन्त्रालयमा के भइरहेको छ ? सभामुख महोदय, मन्त्रीको आलोचना गरेकै कारण दूधकोशी जलविदुयुतका सीईओ बिमल गुरूङलाई कारवाहीको पत्रकार भएको छ।’
सांसद पौडेलले उर्जा मन्त्री खड्काको मिलेमतोमै विद्युतको महशुल नर्तिनेहरूको लाइन नकाटेको दावी गरे। विद्युत नियमन आयोगले महशुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो। जसले विद्युतको महशुल तिर्दैन उसको लाइन नकाट्न भन्ने प्रकारको निर्देशन भएको छ।
उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकार नै लागिपरेको आरोप लगाए। कुलमानलाई बिहान हटाइन्छ, भोलि हटाइन्छ,पर्सी हटाइन्छ भनेर हल्ला भइरहेको छ, ‘उनले भने मुलुकलाई लोडसेडिङबाट मुक्त गराएर कुलमानले के गल्ती गरे।’