५ अर्ब ८५ करोड ठगी अभियोगमा बराह समुहका अध्यक्ष शिव लामिछानेसहित २ सय ६३ विरुद्ध मुद्दा दर्ता

दियोपोस्ट संवाददाता

काठमाडौं । ५ अर्ब ८५ करोड रुपैयाँ ठगी तथा संगठित अपराध गरेको अभियोगमा धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सबै पदाधिकारी विरुद्ध अभियोग पत्र दर्ता भएको छ । बराह ज्वेलरीका समेत मालिक रहेका शिव बहादुर लामिछानेसहित २ सय ६२ जना विरुद्ध जिल्ला अदालत सुनसरीमा सरकारी वकिल कार्यालय सुनसरीले अभियोग पत्र दर्ता गरेको हो ।

बराह ग्रुप अफ ईन्ड्रस्ट्रिजको नामले समेत परिचित बराह समुहले धरानसहित देशैभरी सहकारी बचतकर्ताको रकम हिनामिना गरेको पाइएको थियो । बचत रकम हिनामिना गर्ने मुख्य अभियुक्त शिब बहादुर लामिछाने फरार छन् । त्यस्तै सहकारीका अध्यक्ष मानबहादुर दियाली पनि फरार छन् र तर, उनकी श्रीमतीसहित केही कर्मचारीलाई मात्रै पक्राउ गरि प्रहरीले मुद्दा बुझाएको पाइएको छ । कतिपयलाई सम्पत्ति जफतको उद्देश्यले मात्रै प्रतिवादी बनाइएको छ ।

बराह समुहको नाममा रहेका विभिन्न १५ वटा भन्दा बढी कम्पनिमा रकम अपचलन भएको पाइएको छ । अनुसन्धान अधिकारीका अनुसार पीडितहरुले ५ अर्ब ८५ करोडको दाबी गरेपनि ९ अर्ब हाराहारीको रकमको हिसाब अपचलन भएको छ । प्रहरीमा मानबहादुरकी श्रीमती जतनमाया विश्वकर्माले दिएको बयान अनुसार उनी सामान्य गृहिणी हुन् । पक्राउ परेकी उनले आफूलाई केही थाहा नभएको सम्पूर्ण कारोबार आफ्नो श्रीमानलाई थाहा भएको बयान दिएकी छिन् ।
त्यस्तै अर्का कर्जा उपसमिति संयोजक गंगाबहादुर कालिकोटेकी पत्नि सरिता कालिकोटेले पनि आफूलाई केही पनि थाहा नभएको बयान दिएकी छिन्

सम्बन्धित खबर

सिफारिस